आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS

दुर्घटनामा परी गायक अमृत तामाङ योञ्जनको मृत्यु

परदेशी खबर ३० कार्तिक २०७५, शुक्रबार ११:०७ मा प्रकाशित ( ५ साल अघि) २८५ पाठक संख्या

दोलखा । ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर एकाएक चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ९ बजेको समयमा दोलखा जिल्ला विगु गाउँपालिका -३ बुलुङमा लु ३ त ९७२३ नम्बरको ट्याक्टर दुर्घटना हुदा त्यस्मा सवार सोही स्थानका ४४ वर्षीय योञ्जनको मृत्यु भएको हो। भीरमुनी गाउँबाट ढुङ्गा लोड गरि पछाडि व्याक गर्ने क्रममा अचानक ट्याक्टर सडक भन्दा करिब ३२ फिट तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यलय सिंगटीका प्रमुख, प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो।

 

उहाँका अनुसार ट्याक्टरमा चालक सहित ३ जना सवार रहेको र, चालक र अन्य एक जना सामान्य रहेपनि साहुँ समेत रहेका योञ्जनलाई अनियन्त्रित भई खस्दै गरेको ट्याक्टरबाट हामफाल्दा ट्याक्टरको बायाँ तर्फको इन्जिनले किचिएको थियो। घटना भए लगत्तै चालक भने फरार भएको छ। घटना स्थलको मुचुल्का उठाई योञ्जनको शवलाई पोसमाटमका लागि सदरमुकाम चरिकोट पठाइएको सिंगटी प्रहरीले जनाएको छ।