आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS

सेम्जोङ तिखाढुङ्ग-म्हानेमा बृहत सांगीतिक धमाका तथा दशैँ उत्सब भब्य रुपले सम्पन्न

परदेशी खबर ६ कार्तिक २०७५, मंगलवार १०:२६ मा प्रकाशित ( ५ साल अघि) २२९ पाठक संख्या

लामा भाई, काठमाण्डौ

म्हानेगाङ डब्जोङ युवा क्लबद्धारा आयोजित धादिङ जिल्लाको नेत्रवती डब्जोङ गाउँ पालिका, सेम्जोङ तिखाढुङ्ग-म्हानेमा गत कार्तिक १ गते बृहत सांगीतिक धमाका तथा दशैँ उत्सब भब्य रुपले सम्पन्न भएको छ |

हिन्दु धर्मालम्बीहरुको महान चाड विजय दशमीको अवसर पारि आयोजित उक्त कार्यक्रममा सेम्जोङ तिखाढुङ्ग बासिहरुलाई मेरी बसाई टेलिसिरियलका धुर्मुसको बाउ दारी बा अर्थात् राष्ट्रिय तथा चर्चित हास्य कलाकार सुरबीर पण्डित र तामाङ जगतका चर्चित हास्य कलाकारहरु (फर्सी लामा) मर्नेन तामाङ , (सुकु लेम्बा) जोङ्बो कान्छ र लामा भाईले पेट मिचिमिची हसाएका थिए भने  चर्चित म्हेन्दोमाया गायक, गायिका, नृत्य कलाकारहरु लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रम नै संगीतमय बनेको थियो |

नेत्रवती डब्जोङ गाउँ पालिकाको उपप्रमुख उर्मिला तामाङको प्रमुख अतिथि र म्हानेगाङ डब्जोङ युवा क्लबका अध्यक्ष छिरिङ तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बनु लोप्चन र लिला तामाङ्गले संचालन गरेकी थिन |

हजारौ संख्यामा रहेको दर्शकहरुलाई दिउसो १२ बजेदेखि  रातको ९ बजे सम्म अतिथि कलाकार र स्थानीय कलाकारहरुले भरपुर मनोरन्जन प्रदान गरेका थिए