आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS

नेफेसाे पाेर्चुगलको अध्यक्षमा साेमफुरी शेर्पा निर्विरोध

परदेशी खबर ६ कार्तिक २०७५, मंगलवार ०५:०० मा प्रकाशित ( ५ साल अघि) ४४१ पाठक संख्या

लिस्बाेन, २३  अक्टोबर । संघीय समाजवादी फाेरम नेपालनिकट नेपाली संघीय समाज (नेफेसाे) पोर्तुगलको अध्यक्षमा सोमफुरी शेर्पा निर्विराेध निर्वाचित भएका छन् ।

२१ अक्टोबरमा पोर्तुगलको राजधानी लिस्बोनमा आयोजित नेफेसो पोर्तुगलको तेस्राे अधिवेशनले शेर्पाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हो । नेफेसाे पोर्तुुगलका अध्यक्ष गणेशबहादुर लिम्बूको अध्यक्षतामा आयोजित पहिलो सत्रको कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा पूर्वमन्त्री अशोक राई, विशेष अतिथिहरुमा संघीय समाजवादी महिला फोरमका ईन्चार्ज शुसीला श्रेष्ठ, नेपाली संघीय समाज पोर्तुगलका सल्लाहकार तथा एनआरएन आईसीसी सदस्य पेम्बा शेर्पा, एनआरएन आईसीसी सदस्य नरेन्द्र हमाल, एनआरएन पोर्तुगलका अध्यक्ष कुवेर कार्की, जनजाति महासंघ पोर्तुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पा, नारी समाज पोर्तुगलका अध्यक्ष सीता बराल रहेका थिए ।

कार्यक्रमका अतिथिहरुमा जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष विनोद घिमिरे, प्रवासी मञ्च पोर्तुगलका अध्यक्ष गोविन्द पौडेल, जनप्रगतिशील मञ्च पोर्तुगलका कार्यवाहक अध्यक्ष डोलराज भण्डारी, अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलका संयोजक धनराज शेर्पालगायत पोर्तुगलका अधिकांश जातीय र क्षेत्रीय समाज तथा संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु थिए ।

साथै निर्वाचित निर्वाचित नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि राईले सपथ ग्रहण गराउनुका साथै खादा लगाएर बधाई तथा शुभकामना दिएका छन् ।

 

कार्यसमितिका

अध्यक्ष – सोमफुरी शेर्पा,

सहअध्यक्ष- कुमार योञ्जन तामाङ,

उपाध्यक्षहरु- लाईन्द्र राई, प्रशान्त गुरुङ, बुना राई, रविन्द्र चौधरी, पेम्बा गेलु शेर्पा

महासचिव- राजु लामा तामाङ

प्रवक्त- गंगा नेमाकुल

सचिव-  रिञ्जी लामा शेर्पा, कर्ण पुन मगर र फुर्व थोकर तामाङ,

कोषाध्यक्ष- दिनेश गुरुङ

सदस्यहरुमा

सोनी शेर्पा, राजेश्वर महत्व, सविना मनाङठेङ, युगल किशोर झा, सागर लामा, विपिनकुमार यादव, पुष्पा गुरुङ र आस्मा तामाङ रहेका छन् ।