आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024
FLASH NEWS

कञ्‍चनपुरमा फेरि १६ वर्षीया किशोरी बलात्कृत

परदेशी खबर १५ भाद्र २०७५, शुक्रबार १०:१४ मा प्रकाशित ( ५ साल अघि) १०२ पाठक संख्या

क‌ञ्‍चनपुर : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न हत्यारा पक्राउ नहुँदै कञ्चनपुरमा अर्को बलात्कारको घट्ना भएको छ। १६ वर्षीया एक किशोरी बिहीबार राति सामूहिक बलात्कारको शिकार भएकी प्रहरीले जनाएको छ। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-१ की १६ वर्षकी किशोरी बलात्कारको शिकार भएकी हुन्।

किशोरीको घरमा बिहीबार राति पूजाको कार्यक्रम रहेको र सोही कार्यक्रममा सहभागी हुन आएकाले घरबाट बाहिर लगेर बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले बलात्कार भएको खबर पुष्टि गरेका छन्।’एक किशोरी बलात्कारको शिकार भएकी छिन्’ उनले भने, ‘घट्नाको विस्तृत विवरण अझै आइसकेको छैन, घट्नास्थलमा प्रहरी प्रमुख खटिएका छन्।’

परिवारले घटनाबारे प्रहरीलाई खबर गरेपछि शुक्रबार बिहान साढे ३ बजेको समयमा प्रहरीले किशोरीको उद्दार गरेको हो। किशोरीले दिएको जानकारी अनुसार दुईको पहिचान भएको र बाँकी दुईजनाको पहिचान हुन बाँकी रहेको रहेको छ।

बलात्कृत किशोरीको स्वास्थ्य परीक्षण गराएर अहिले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा राखिएको छ। चारैजना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बलात्कार घट्नामा संलग्नहरुको बिहानैदेखि खोजी भइरहेको बताएको छ।

अन्नपूर्णपोस्टबाट