आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

कुवेतमा समुन्द्रमा डुबेर एक नेपालीको डुबेर निधन

परदेशी खबर ११ भाद्र २०७५, सोमबार १८:३० मा प्रकाशित ( ५ साल अघि) ५७८ पाठक संख्या

परदेशी खबर/ अगस्ट २७ , कुवेत । कुवेतमा लामो समय देखि कम्पनी छोडेर अबैधानिक रुपमा बसी रहेका तिर्थ बहादुर बिकको समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको खबर छ ।

कास्की जिल्ला घर रहेको ४१ बर्सीय तिर्थ बहादुर बिक कुवेत अल्कुत कम्पनी बाट भागेर इलिगल भएका थिए ।

 

तिर्थ बहादुर बि क समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको खबरलाई नेपाली राजदूतावाससँग सम्पर्क गर्दा इलिगल भाएकोले अाधिकारीक रुपमा जानकारी नआएको द्वुतिय सचिब ज्ञानबहादुर मगरले परदेशी खबरलाई जानकारी दिएका छन ।