आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024
FLASH NEWS

अगष्ट २८मा अतिथि कलाकारहरुका साथ कल्याणकारी सांगीतिक धमाका २०७५ गरिने

परदेशी खबर ७ जेष्ठ २०७५, सोमबार १८:०६ मा प्रकाशित ( ५ साल अघि) ३६४ पाठक संख्या

नैनकला राई / मे २१, कुवेतl कल्याणकारी नेपाली युवा समाज कुवेतले आउदो २८ अगष्टमा आतिथि कलाकारहरुका साथ कल्याणकारी सांगीतिक धमाका २०७५ गर्ने भएको भएको छ l

“हाम्रो एकता समाज सेवामा प्रतिबद्धता” भन्ने मुल नाराका साथ २०१७मा स्थापना गरिएको संस्थाले सकृय रहदै छोटो समयमा नाम जस्तै काम गरेर सक्रिय संस्थाहरु मध्यमा संथाको नाम स्थापित गर्न सफल भएको छ ।

कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त अतिथि कलाकारहरु लोकपप गायक/मोडेल दुर्गेश थापा, लोक तथा दोहोरी गायिका सम्झना भण्डारी र चर्चित हाँस्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) आउदो अगष्ट २४ तारिकका दिन कुवेत आइपुग्ने समाजका अध्यक्ष निरजसिंह ठकुरीले परदेशी खबरलाई जानकारी दिएका छन् ।

कार्यक्रममा कुवेतमा रहनु हुने संगीतप्रेमीहरु लगाएत कुवेतवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाइ भरपुर मनोरञ्जन दिने उद्देश्यका साथ आयोजना गरिने भएकोले उपस्थिको लागि सो कार्यक्रममा कृयाशील संघ संस्था, समाजसेवी, बुद्धिजीबी, कलाकार, पत्रकार, खेलाडी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहहरुलाई सहयोगको अपिल गर्दै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाइदिनु हुन आयोजकले आग्रह समेत गरेको छ l
कार्यक्रम हुने स्थान छलफल गरि टुंगो लगाएर चाडो भन्दा चाडो सार्वजनिक गरिने पनि आयोजकले बताएको छ l