आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

मोदीको जनकपुर भ्रमणः स्वागतकालागि बनाइएको स्वागत द्वार भत्कियो

परदेशी खबर २६ बैशाख २०७५, बुधबार ०३:५६ मा प्रकाशित ( ५ साल अघि) २०३ पाठक संख्या


वैशाख २६, जनकपुर l बुधबार बिहान आएको हावाहुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन पछि हुन लागेको जनकपुर भ्रमणका लागि बनाइएको पण्डाल र स्वागत द्वार उडाएको छ । वर्षासँगै आएको हावाहुरीले मोदी स्वागतकालागि आयोजकले बनाएको स्वागत द्वार ढलेको हो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ ।

हावाहुरी सडकको पण्डाल खसेपनि अभिनन्दन हुने स्थानमा खासै क्षति भने नभएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले बताए ।

हावाहुरी अभिनन्दन हुने रंगभूमी मैदानमा कुनै क्षति नभएको कर्णले बताए । हावा हुरीकोक्रममा पण्डाल निर्माणकालागि ल्याएएको समाग्री बचाउन खोज्दा केही मजदुर समान्य घाइते भएको उनले बताए ।

पछिल्लो दुई साता यता मोदीको स्वागतकालागि २४ घण्टा मजदुर परिचालन गरेर रंगभूमी मैदान सरसफाइ, रंगरोगन, पण्डाल निर्माण भइरहेको छ ।सन्तोष सिंह, कान्तिपुर अनलाइनबाट साभार