आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

कला राईको "युके हङकङ" गीतको म्युजिक भिडियो सार्वजानिक (भिडियो सहित)

परदेशी खबर १६ चैत्र २०७३, बुधबार १२:५९ मा प्रकाशित ( ७ साल अघि) २२६ पाठक संख्या


मार्च २९, काठमाडौं । नेपाली गीत संगीतमा हाल चर्चामा रहेकी गायीका कला राईको नयाँ गीत ‘युके हङकङ” बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

भर्खरै बजारमा पूरेवेली गीतहरुको संगालो ‘इशारा’ एल्वम बजारमा ल्याएर चर्चा बटुलेकी कलाको यो गीत भने यस भन्दा पहिलेको “लुक्स” एल्वमको गीत हो ।यो गीत अहिलेको नयाँ जेनेरेसनका लागि मिल्ने र समय सान्दर्भिक गीतका रुपमा यसलाई उनले प्रस्तुत गरेकी छन् ।

मलेसियामा छाँयांकन गरिएको म्युजिक भिडियो कृपा डिजिटल स्टुडियोमा रेर्कडिङ र गायीकाको आफ्नै शव्दमा रहेको यो गीत ‘युके हङकङ कोरियाको चलिरहेछ ताँती, मनको इच्छा कहिले पुग्ला चुलिए झैं पाथी’ अत्यन्त मर्मस्पर्शी शव्द रहेको यस संगीतकार सुरश अधिकारी र उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
भिडियो हेर्न तल…