आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024
FLASH NEWS

फूलबारी युवा क्लबकाे दोश्रो प्रस्तुति फ्रेण्डसिप धमाका मलेसियाको मलक्कामा हुने

परदेशी खबर २९ पुष २०७३, शुक्रबार १८:०६ मा प्रकाशित ( ७ साल अघि) १७७ पाठक संख्या

 

यामराज बिष्ट जनवरी १३,मलेसिया ।मलेसियाको सुन्दर नगरीय मलक्का लगायत मलेसियाको विभिन्न ठाउँमा फ्रेण्डशिप धमाका२०१७ हुने भएको छ ।

चिनियाँ नयाँ बर्षकाे अवसरमा गर्न लागिएको फूलबारी युवा क्लबकाे दोश्रो प्रस्तुति फ्रेण्ड्शिप धमाका मलेसियाका विभिन्न शहरहरुमा धमाका मच्चाउने भएको हो । साे कार्यक्रममा नेपालबाट अाउने कलाकारहरु नायिका प्रीयंका कार्की लोक दोहोरी गायिका देबि घर्ती, हास्यकलाकार पल्पसा डंगोल (चम्सुरी), पप गायक आरके खत्री, दृश्य बिहिन गायक प्रकाश तिमिल्सिना, बाल गायिका भिनिशा थापा को प्रस्तुती रहनेछ ।
प्रवासमा रहेका कलाकारहरु माेडल तथा गायिका प्रनिता तामाङ ,गायक बिज्ञान राई, अाधुनिक गायक कृष्ण भिर, सञ्चारकर्मी तथा गायक यामराज बिष्ट, लाेकगायक भुवन वलि,नृत्याङ्ग मेका मगर ,श्री राई ,बिना तामाङ सागर घर्ती मगर, नृत्याङ्ग गिता राई, अन्जु तामाङ, गायक कपिल लामा,अर्जुन शाही लगायतका कलाकारहरुकाे पनि बेजोड प्रस्तुति रहने फूलबारी युवा क्लब मलक्काका कार्यक्रम संयोजक मनाेज राईले परदेशी खबरलाइ जानकारी दिनु भयो ।
दर्शकलाई कार्यक्रममा अलि फरक अनुभूति दिनका लागि दृश्य बिहिन गायक, बाल गायिका राखिएको कार्यक्रमका निर्देशक कृष्ण पुलामी ले जानकारी गराउनु भयो ।

कार्यक्रम हुने स्थान २७ जनवरी श्री मुडा, २५ साहाआलममा, एमबिबिएस देवन हल मा २८ जनवरी, बातुपाहात चिना स्कुल देबन हल बसपार्क नजिक २९ तारिख, पेनाङ बीएम देवान हल समिट प्लाजा नजिक र ३० जनवरी मलक्का देवन हल ओसियन मलक्काको ठिक अगाडि कार्यक्रम आयोजना हुने छ। कार्यक्रम दिउँसो १० बजे बाट सन्चालन हुने छ । कार्यक्रम को मिडिया पाटनर परदेशि खबर डट कम,लाईक नेपाल डट कम,लुक नेपाल डट कम रहनेछन् ।