न्यास्रो छ प्यारा घर आगनि तिमी गए देखि
लाउनै छोड्यो अचेल बाडुल्कि तिमी गए देखि
रमाईला लाग्थे बन पाखा हरिया डाँडा काँडा
जानै मन लाग्दैन गाई गोठालि तिमी गए देखि
मध्य रातका जुन ताराले गिज्याउछन मलाई
एक्ली हुन्छु भिजाउछु सिरानि तिमी गए देखि
मन दुखेको छ अनि तन दुखेको छ मेरो प्यारा
केही पाउदै पाएन मैले ओखति तिमी गए देखि
साँझ पर्छ लोरी सुनाएर सुताउन सुताउछु मैले
बिहान नहुदै बोलाउछे छोरी तिमी गए देखि
दिन चार्य त ओखल जाँतो मेलापात गर्दै बित्छ
कटाउनै धौ धौ पर्छ मध्य राती तिमी गए देखि
सुरज बिक निर्दोष
अछाम