आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल बिजयी

परदेशी खबर ४ बैशाख २०७८, शनिबार १६:२२ मा प्रकाशित ( ३ साल अघि) ५५६ पाठक संख्या

काठ्माण्डौ, ३ बैशाख। नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टि–२० क्रिकेट सिरिज को पहिलो खेल नेपालले जितेको छ।

नेपाल र नेदरल्यान्ड्सबीच भएको पहिलो खेलमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारीले खेल नेपालको पोल्टामा परेको हो। १३७ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा १४१ रन बनाएका हुन्। शिलारको बलमा डे मे को क्याचामा आउट भएका ओपनर कुशल भुर्तेलले ४६ बलको सामना गर्दै ५ चौका र ५ चक्काको मद्दतमा ६२ रन बनाए भने अर्का ओपनर आसिफ शेखले अविजित ५४ रन बनाए। कुशल भुर्तेल आउट भएपछि आएका कप्तान ज्ञानेन्द्र मल्लले ७ बलमा १ छक्का सहित १३ रन बनाएर खेललाई नेपालको पक्षमा बनाए।

त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाली ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा कुशल र आसिफले शानदार ब्याटिङ गर्दै ११औं ओभरमा शतकीय साझेदारी गरेका हुन् । दुवैले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै ओपनिङ गरेका हुन् ।

कुशल र आसिफले टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी समेत गरेका छन् । यी दुईले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दै यसअघि १३औं सागमा पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध बनाएको १०८ रनको साझेदारीको कीर्तिमान तोडेका हुन् ।