आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

किरात याक्थुङ चुम्लुङ युएईको अधिवेशन सम्पन्न, अध्यक्षमा गज बहादुर वनेम चयन

परदेशी खबर ९ आश्विन २०७६, बिहीबार ०९:५३ मा प्रकाशित ( ४ साल अघि) ३०५ पाठक संख्या

सेप्टेम्बर २६, युएई। युएईमा रहेका लिम्बूहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङ युएईको पाँचौं राष्ट्रिय अधिवेशन गत २०-सेप्टेम्बर, २०१९ शुक्रबारको दिन युएईको बरदुबई स्थित सिन्दपन्जाब रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।

किरात याक्थुङ चुम्लुङ युएईका कार्यबाहक अध्यक्ष राजु कुरुम्बाङको अध्यक्षतामा भएको अधिवेशनमा चौथो अधिवेशनबाट गठित कार्यसमिति २०१७-२०१९ विधिवत रुपमा बिगठन गरि पाँचौं राष्ट्रिय अधिबेशन निर्वाचन समितिका संयोजक डम्बर लिबाङको संयोजकत्वमा सम्पन्न भएको थियो ।

अधिवेशन नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष महेश मोक्तानको प्रमुख आतिथ्यमा,तमु समाज युएईका अध्यक्ष उषा गुरुङ,तामाङ समाज युएईका उपाध्यक्ष जितेन्द्र तामाङ, किरात राई यायोक्खा शाखा युएईका महासचिव धन कृष्ण राई , सुनुवार सेवा समाज युएईका अध्यक्ष नर बहादुर सुनुवार,प्रवासी भुजेल समाज सेवा युएईका अध्यक्ष सुर्य भुजेल,अन्तर्राष्ट्रिय नेपाली समुदाय युएईका अध्यक्ष मुनप्रसाद गुरुङ र तेह्रथुम समाज युएईका सदस्य गोबिन्द लुम्फुङ्गवाको आतिथ्यमा सम्पन्न भएको थियो ।

 पांचौं राष्ट्रिय अधिवेशन निर्वाचन समितिले सर्वसम्मत  गज बहादुर  वनेमको अध्यक्षतामा २३ कार्यसमिति चयन गरेको छ।प्रथम उपाध्यक्षमा कमल लावती,द्धितिय  उपाध्यक्षमा शर्मिला  पंधाक, महासचिवमा सुबास बेघा, सचिवमा बिक्रम पंधाक, प्रबक्तामा बिराज केरुङ लाई चयन गरेको छ।त्यसै गरि कोषाध्यक्षमा मनिषा खाम्दाक, सह-कोषाध्यक्षमा सुनिता पाङ्मा निर्वाचित भएका छ्न भने कार्यकारी सदस्यहरुमा खड्ग सिङ्जाङ्गो, गोबिन्द लुम्फुङ्वा, दुर्गा थक्लेन, उदिप ओख्राबो, बुद्धसिं लिङ्देन, बिशाल लिङ्देन, सुरेशकुमार फागो, एलुन लिङ्देन, सीतादेबी सुब्बा, ललित तुम्रोक,  हंसराज केरुङ, सुन्दर लावती निर्वाचित भएका छन। 

कार्यक्रम कियाचु युएईका भुपु प्रबक्ता दीपराज नेयोङ्हाङ र कियाचु  युएईका भुपु अध्यक्ष सरोज पङ्हङ्गोले  संचालन गरेका थियो ।

निर्वाचित कार्यसमितिका पदाधिकारीहरु लाई  कियाचु युएईका भुपु संस्थापक अध्यक्ष पिएस निङ्लेकू तथा प्रमुख अतिथि  नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष महेश मोक्तानले खादा ओढाएर प्रमाण – पत्रका साथ  पद तथा गोपिनियताको शपथ गराएका थिए ।

नव निर्बाचित अध्यक्ष गजबहादुर वनेमले मन्तव्य दिंदै बिधानमा तोकिएका संस्थाका काम कारबाही संचालन गर्ने क्रममा संस्थाको बिकासको लागि लिम्बू जातिका संगठनहरु किरात धर्म तथा साहित्य उत्थान संघ युएई, लिम्बुवान सामाजिक मंच युएई र युमा संयो महासभा युएई लगायत युएईमा रहेका सम्पूर्ण लिम्बूहरूसंग समयानात्मक सहकार्य गर्दै लिम्बू समुदायको हक अधिकार स्थापित र समुदायको बिकासको लागि कियाचु युएईका भुपु पदाधिकारीहरु, कियाचु  नेपाल, नेपाल आदिबासी जनजाति महासंघ, युएईसंग हातोमालो गरि नेपाली राजदुताबास अबुधाबी र  युएईमा क्रियाशील अन्य सामाजिक संगठनहरुसंग संस्थागत सहकार्य गर्ने गराउने वातावरण सृजना गरि  संस्थाको सामाजिक, आर्थिक, सांगठानिक र नैतिक रुपमा विकास गर्न गराउन ससक्त पहल गर्ने प्रतिबद्दता जाहेर गरेका छ।