आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

एसबिसि एसिएन स्कुल ब्वाइज च्याम्पियनशिप खेलमा नेपाल उज्गेस्तानसंग पराजित

परदेशी खबर २१ श्रावण २०७६, मंगलवार १५:३६ मा प्रकाशित ( ४ साल अघि) ३५० पाठक संख्या


परदेशी खबर / अगष्ट ६, कुवेत l युवा उमेर देखि नै बक्सिंगमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलो पटक एसिएन स्कुल ब्वाइज च्याम्पियनसिप कुवेतको आयोजनामा गरिएको उक्त खेलमा उज्गेस्तानसंग कडा प्रतिस्पर्धाका बाबजुद पनि नेपाल पराजित भएको छ l

युवा उमेर देखि नै बक्सिंगमा सहभागिता जनाउने उदेश्यले आयोजना गरिएको उक्त खेल हिजो ५अगष्ट २०१९ दिन कुवेत स्पोर्ट्स क्लब कैफानमा भएको थियो l
खेलमा सहभागि नेपालबाट आएका नेपालका राष्ट्रिय बक्सिंग खेलाडी छिरिङ वाङ्दि शेर्पाले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश पाएका खेलाडी शेर्पाले उज्गेस्तानसंग कडा प्रतिस्पर्धा गरेका थिए। कुवेत स्पोर्ट्स क्लब कैफानमा भएको उक्त खेलमा नेपाली बक्सर दोस्रो राउण्डमा नकआउट हुनु परेको थियो lउक्त च्याम्पियनसिपमा ३० देशका खेलाडीहरुको सहभागिता रहेको छ।

खेलाडीलाई हौसला दिनको लागि नेपाली राष्ट्रिय झन्डाको साथमा नेपाली राजदुतावास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी, श्रमसहचारी ज्ञानेन्द्र शर्मा, तृतीय सचिव मनोज कुमार सिंह, आइसीसी सदस्य अमित चाम्लिङ, एनआरएनए अध्यक्ष सुजन केसि लगाएर एनआरएनए कुवेतका पदाधिकारीहरु,पत्रकारमहासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने लगाएत कुवेतवासी खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उत्साहजनक उपस्तिथ रहेको थियो ।