आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024
FLASH NEWS

बहराइनमा २५६३ औं बुद्ध जयन्ती मनाउन

परदेशी खबर ५ जेष्ठ २०७६, आईतवार १०:५८ मा प्रकाशित ( ४ साल अघि) २२७ पाठक संख्या

एम.बि. तामाङ – बहराइन/ नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनको आयोजनामा २५६३ औं बुद्ध जयन्ती मनाउने भएको छ । गत मे ३ तारिख घेदुङ बहराइनका अध्यक्ष श्री महेन्द्र तामाङ ज्युको अध्यक्षतामा बसेको बैठकले यही मे २४ तारिख शुक्रबारका दिन ओरेनटल प्लाजा होटेल लामा गुरु बाट पाठ पुजा गरि बुद्ध जयन्ती मनाउने निर्णय गरेको थियाे । घेदुङले बहराइनमा  पहिलो बुद्ध जयन्ती मनाउँन लागेकाे हाे ।

कार्यक्रममा तामाङ समुदायकाे पहिचान झल्किने तामाङ भेषभूषा, बुद्ध माला, बुद्ध चित्तका ब्रासलेट लगायत विविध सामाग्रीहरु पनि राखिने बताएकाे छ ।

उक्त कार्यक्रमबाट बहराइनमा रहेका मेन्दोमाया प्रेमी मेन्दोमाया टिमका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु पनि घेदुङ बहराइन संगै एकता गरी घेदुङ बहराइनको साँस्कृतिक बिभागमा समेटेर जाने बताएकाे छ। मेन्दोमाया चर्चित अतिथि कलाकार श्री रोम लामा र आर बि लामाले गीत गाउँने बताएकाे छ ।

साथै कार्यक्रम स्थलसम्म आउन जानको लागि पनि निशुल्क गाडीको व्यवस्था गरेकाे छ ।