आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

परदेशी खबर ३ मंसिर २०७६, मंगलवार १८:५६ मा प्रकाशित ( ४ साल अघि) १६४ पाठक संख्या

परदेशी खबर/ नभेम्बर १८, कुवेत। रूपन्देहीकी ५१ वर्षीया टिका सेनलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतले उद्धार गरेर नेपाल फर्काउन सफल भएको छ ।

उनी एजेन्ट मार्फत भारतको दिल्ली, दुबई हुँदै इराकको बग्दाद पुगेकी थिइन् । टिकालाई त्यहाँ हाउसमेडको रुपमा पठाइएको थियो । शुरुको २ वर्ष राम्रैसँग बिताएकी उनी त्यसपछि भने समस्यामा परेकी थिईन्।

युद्ध चलिरहेका बेला उनी बस्ने पुरै बस्ती नै युद्धरत पक्षले बमले ध्वस्त पारेको थियो । उक्त हमलामा उनी भाग्न त सफल भइन तर बस्ने मालिकका परिवार जिउँदा रहेकी रहेनन् भन्ने केही अत्तोपत्तो भएन । घर ध्वस्त हुँदा उनको राहदानी पनि गुम्यो।
त्यसपछि पछि अर्को घरमा काम गर्न थालेकी उनी राहदानी नभएका कारण नेपाल फर्कन सकेकी थिइनन् । नेपाल फर्कन अनेकौँ कोसिस गरिरहेकी उनी एक जना कुवेतमा कार्यरत इराकी नागरिकको सम्पर्कमा आएकी थिइन् । ती व्यक्तिले उनको समस्या’bout एनआरएनए कुवेतलाई जानकारी गराएका थिए । एनआरएनए कुवेतको ४ महिनाको प्रयासमा उनी सोमबार नेपाल फर्किएकी हुन् ।