आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

मेलम्चीको बाँध फुट्दा इन्जिनियरसहित दुई बेपत्ता, दुई जना घाइते

परदेशी खबर ३० असार २०७७, मंगलवार ०९:१७ मा प्रकाशित ( ३ साल अघि) १४७ पाठक संख्या

बेपत्ताको खोजीकार्य जारी रहेपनि हालसम्म फेला नपरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रातोपाटीलाई जानकारी दिए । उनले बेपत्तामा एक इन्जिनियर र एक चालक रहेको भन्दै खोलामा बगेर बेपत्ता भएका उनीहरुको खोजीकार्य जारी रहेपनि हालसम्म फेला पर्न नसकेको बताए । 

यस्तै घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं पठाइएको उनले बताए । आयोजनाको सुरुङमा पठाइएको पानीको अवस्था हेर्नका लागि जाँदा एकाएक बाँधको १७ नम्बर गेट भन्किन पुगेको थियो । सो क्रममा एउटा गाडी समेत बगाएकाे छ ।

केही दिनअघि मात्रै मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको थियो । यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।