आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’, जहाँ कोराना संक्रमित युवतीसँगै थिए २ सय ५ यात्रु

परदेशी खबर १० चैत्र २०७६, सोमबार १०:२६ मा प्रकाशित ( ४ साल अघि) ३४१ पाठक संख्या

कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’, जहाँ कोराना संक्रमित युवतीसँगै थिए २ सय ५ यात्रु

 

????????

मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि उक्त फ्लाइटमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको छ । 

कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी युक्त यात्रुलाई कोरोनाको संक्रमण पुष्टी भएको सरकारले सोमबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

तर उक्त जहाजमा यात्रा गरेका अन्य २ सय ५ जना यात्रुहरुलाई भने अझै पनि क्वारेन्टाइनमा राखिएको छैन । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतारको दोहाबाट फ्लाइट नम्बर क्यू आर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएकी थिइन् । 

प्राधिकरणका अनुसार उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेका थिए । 

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । 

त्यही जहाजमा हाल संक्रमण पुष्टी भएकी युवती पनि रहेकी थिइन् । रातो पार्टीले यो खबर प्रकाशित गरेका छन ।