आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

क्वारेन्टाइन र लकडाउनको आवश्यकता किन ?

परदेशी खबर १० चैत्र २०७६, सोमबार ०९:०३ मा प्रकाशित ( ४ साल अघि) १२५ पाठक संख्या

क्वारेन्टाइन र लकडाउनको आवश्यकता  किन ? 

              युग लामा

युग लामा-   नेपालमा फ्रान्सबाट आएकी १९ वर्षिय विद्यार्थी युवतीमा कोरोना पोजेटिभ भेटियो ।  अब उनी कुन मितिमा, कुन एअरलाइन्सको कति नम्बर फ्लाइट, फ्लाइटमा रहेका सबै यात्रुहरु, उनी चढेको ट्याक्सी चालक, उनीसंग सम्पर्कमा आएका परिवारका सदस्य, साथीभाई र आफन्त उनी जहाँ-जहाँ पुगे, जो जसको सम्पर्कमा पुगिन सबैलाई यो रोग सारेको हुन  सक्छ । 

ति युवतीको सम्पर्कमा गएका परिवार सदस्य, साथीभाई को कस्कोको सम्पर्कमा गए यो नियन्त्रन भन्दा बाहिरको कुरा हो । यि युवतीको सम्पर्कमा आएर गएका ब्यक्तिहरु को कस्को सम्पर्कमा गयो सबैलाई निगरानीमा राख्न सम्भब छ त ? 

त्यसैले बाहिर देशबाट आउने सबै यात्रुलाई १४ दिन सरकारको प्रत्यक्ष निगरानीमा क्वारेन्टाइनमा अनिबार्य राख्नु पर्छ होम क्वारेन्टाइनमा होइन । होम क्वारेन्टाइनले अझ अरु परिवार सद्स्यहरुमा भाईरस सार्ने काम धेरै हुन्छ । त्यसैले अन्तरराष्ट्रिय फ्लाइट र स्थल मार्ग बन्द गरी हावाइमार्ग र स्थलमार्गबाट आउने सबै यात्रुहरुलाई १४ दिन सरकारको प्रत्यक्ष  निगरानीमा क्वारेन्टाइनमा  राखी नेपाललाई नै लकडाउन आजको आवश्यकता हो ।