आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

गायक युनिक दोङको शेर्पीनी कान्छी सार्वजनिक (भिडियो सहित )

परदेशी खबर १८ पुष २०७४, मंगलवार ०२:३९ मा प्रकाशित ( ६ साल अघि) ४१९ पाठक संख्या

परदेशी खबर/ २ जनवरी, कुवेत | प्रवासमा रहेर पनि गीत संगीतलाई निरन्तरता दिदै आएका गायक युनिक दोङले तामाङ भाषाको`ङमरिन खाउ मैच्याङ´को सफलता पश्चात् दोस्रो म्युजिक भिडियो’शेर्पीनी कान्छी’ डम्फु मिडियाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा गायक दोङको आवाज रहेको छ ।  चर्चित सर्जक चाहाना ब्लोनको शव्द रहेको गीतमा जोग लाल लामाको संगीत भरेका छन् ।

नायक तथा निर्देशक अमीर दोङद्वारा निर्देशित भिडियोमा  अस्विन तितुङ र बर्षा थिङले अभिनय गरेका छन् । दिपेश प्रधानले एरेन्ज गरेको भिडियोलाई बिक्रम लामा मोक्तानले खिचेको हो । मेकअपमा अमृत गिरीले सघाएको छ । भिडियो निर्माण,उत्पादक र वितरण डम्फु मिडिया हाउसले गरेका छन् ।माया प्रेम बसेपछि प्रेमीकालाई कहिले भेटौ हुँदाको क्षणलाई सर्जकले उतारेका छन् ।

दर्पण नेपालबाट

भिडियो हेर्नुस् :