आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024
FLASH NEWS

३१४ कोरोना संक्रमित थपिएसँगै ३ हजार ७ सय ६२ पुग्यो: हालसम्म १४ जनाले ज्यान गुमाए

परदेशी खबर २६ जेष्ठ २०७७, सोमबार ११:०३ मा प्रकाशित ( ४ साल अघि) ९२ पाठक संख्या

काठमाडौं : नेपालमा पछिल्‍लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ३१४ संक्रमित २४ घण्टामा थपिएका हुन्।

योसँगै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। अहिलेसम्म ४८८ जना निको भएर घर फर्किएका छन्। हालसम्म १४ जनाले ज्यान गुमाएका छन्। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।