आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS

साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने

परदेशी खबर ६ जेष्ठ २०७६, सोमबार १६:३५ मा प्रकाशित ( ५ साल अघि) ५२१ पाठक संख्या

असिम दोर्जे तामाङ/ मे २० , साउदी l रोजगारीको सिलसिलामा साउदी पुगेका किरात राई समुदायले उभौली सिली (यले दोङ) ५०७९ चाडआगामी जुन ७ तारिकमा एक विशेष कार्यक्रम गरेर मनाउने भएको छ ।

” सम्पुर्ण किरात राई एक हौं भाषा ,धर्म संस्कृतिको संरक्षण गरौं “ भन्ने नारा सहित साउदी अरबको पश्चिम क्षेत्र जेद्धा शहरमा किरात राई समुदायको मौलिक संस्कृति झल्किने प्रस्तुतिहरु लगायत चर्चित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिहरुको साथमा अगमी ७ जुन २०१९ शुक्रबारको दिन धुमधाम मनाउन लागिएको हो ।

किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति जेद्धा साउदी अरबले आयोजना गर्न लागिएको सकेला धमाका जेद्धा शहरको सरफिया स्थित ईम्पाला गार्डन् रेस्टुरेन्टको कार्यक्रम हलमा हुनेछ ।
साउदी जेद्धामा पहिलो पटक आयोजना हुन लगेको उभौली सिली सकेला धमाका निर्धारित समय अनुसार दिउँसो १२ बजे देखि सुरु हुने कार्यक्रम आयोजक मुल समारोह समितीका संयोजक तथा आदिबासी जनजाति महासंघ साउदी अरबका उपाध्यक्ष बलकुमार राईले जानकारी गराए ।

प्रवासी भुमी, खाडी मुलुक त्यसमाथि कानुनी रुपमा कडा देश साउदी अरबमा पछिल्लो समय नेपाली समुदायले विभिन्न समुदाय विशेष मौलिक संस्कृतिक कार्यक्रमहरु आयोजना गरि भब्य रुपमा मनाइरहेका छन् ।

सकेला उभौली विशेष धमाकामा उपस्थित जनाएर कार्यक्रम भब्य रुपमा सफल पर्न किरात राई समुदाय तथा सम्पुर्ण नेपाली समुदायमा आयोजक किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति जेद्धा साउदी अरबले आग्रह गरेको छ ।