आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS

कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने

परदेशी खबर ६ जेष्ठ २०७६, सोमबार ११:११ मा प्रकाशित ( ५ साल अघि) ३५१ पाठक संख्या

दिलकुमार पाख्रीन/२० मे, कुवेत। “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले  संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उभौली, याक्वा ताङ्नाम र सालिवा स्यादर पिदार २०१९ तथा येले दोङ येले तम्बे येले थोचे ५०७९ मनाउने भएको छ। विगत केही बर्ष यता किरातीहरुले नेपालमा भएको विभिन्न खाले विवाद र स साना बिषयहरुले एउटै समुदायमा पनि फाटो भैरहेकोले आफ्नो मुद्दा झन कमजोर भएको भन्दै एकताको शुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका साथ उदाहरणका रुपमा कुवेतमा तीन किरातीहरुले संयुक्तरुपमा चाडहरु मनाउँदै आइरहेका छन। यसै अनुरुप यसपाली पनि तीन किराती संस्थाहरुले संयुक्त रुपमा उभौली, याक्वा ताङ्नाम र सालिवा स्यादर पिदार २०१९ तथा येले दोङ येले तम्बे येले थोचे ५०७९ कार्यक्रमको आयोजना गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले परदेशी खबरलाइ जनकारी दिएक छन।

गत वर्ष तीन किराती समुदायकै एक एक जना अतिथि कलाकारहरुको साथमा कार्यक्रम सम्पन्न गरेता पनि यस बर्ष समय ब्यबस्थापन तथा विभिन्न प्राविधिक कारणबस स्थानिय कलाकारहरुको साथमा उभौली कार्यक्रम मनाउने तय भएको अध्यक्ष राईले बताएका छन। कार्यक्रम आगामी जुन ०७ तारिक फर्वानियास्थित युनिक आइडियल अडिटोरियम हलमा बिहान ११ बजेबाट सुरु हुने छ।

अध्यक्ष राइले उभौली किन? भन्ने प्रश्नलाइ संक्षेपमा ब्यख्य गर्दै भने “प्रवासमा छौँ तर विश्वको जुनसुकै कुना कान्दारामा रहेता पनि हामी नेपाली हौँ हामिसंग नेपाली पन छ नेपाली मन छ। हामिसंग नेपाली संस्कार संस्कृति अमर छन् त्यसैले संस्कार संस्कृतिलाई जगेर्ण गर्दै भावी पुस्ताहरुलाइ पनि ती संस्कार संस्कृति हस्तान्तरण गर्ने जिम्मेवारी यो पुस्ताको हो। त्यसैले हामिले हाम्रो बिरासतलाइ सधैं गौरवका साथ कायम राख्नुपर्दछ” थप्दै उनले भने “संस्कृतिका धनी हामी नेपाली हाम्रो संस्कृति मासिए हाम्रो अस्तित्व नै रहँदैन। त्यसैले हामी नेपाली जो जहाँ छौँ त्यहीँबाट हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ। हाम्रो संस्कृतिको संरक्षण भनेको हाम्रो अस्तित्वको संरक्षण हो।”

अध्यक्ष राइले उक्त दिन कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतमा कार्यरत स्म्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ समेत आग्राह गरेका छन।

पुनश्च: कार्यक्रम हुने
मिति: ०७ जुन २०१९
स्थान: युनिक अडिटोरियम हल फर्वानिया
समय: बिहान ११ बजे