आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS

कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने

परदेशी खबर १० चैत्र २०७५, आईतवार १०:३० मा प्रकाशित ( ५ साल अघि) ५२४ पाठक संख्या

नैनकला राई/ २४ मार्च २०१९, कुवेत l गत शुक्रबार २२ मार्चमा कुवेत स्थित फाहहिलमा बसेको तीन किरातिहरुको बैठकको निर्णय अनुसार आउदो जुन ७ तारिकका दिन तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड मनाउने जानकारी कार्यक्रमका संयोजक तथा किरात राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राइले परदेशी खबरलाई दिएका छन् l

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कुवेतमा रहेर कार्यरत किराती समुदायहरुले कला र संस्कृतिलाई जगेर्ण गर्दै विविध कार्यक्रम गरि सुरुवातका वर्षहरुमा आ आफ्नो संस्थाले छुट्टा छुट्टै कार्यक्रम गर्दै आएता पनि बिगत केहि बर्ष यता भने “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गर्दै कार्यक्रमहरुमा नेपालबाट ख्याती प्राप्त आमान्त्रीत अतिथि कलाकारहरुको साथमा मनाउँदै आएता पनि यसपालि भने स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ कार्यक्रम मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राईले बताएका छन्।

राई समुदायहरुले मान्ने उभौली येले दोङ ५०७९, लिम्बुहरुले मान्ने यक्वा तङनाम येले तम्बे ५०७९  र सुनुवारहरुले मान्ने सालिवा स्याँदर पिदार येले थेछे ५०७९ संयुक्त कार्यक्रमको संयोजन किरात राई यायोक्खा कुवेतले गर्ने भएको छ। अध्यक्ष राईले, उक्त कार्यक्रममा कुवेतमा रहेका मिडियाहरु, संघ संस्थाहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, कलाकारहरु एवं सम्पुर्ण कुवेतमा कार्यरत नेपाली सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्।

कार्यक्रमका विवरण

मिति:०७ जुन २०१९

समय: बिहान ११ बजेदेखी

स्थान:  अडिटोरियम हल, फर्वानिया, कुवेत