आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

कुवेतमा हुने “मेघा म्युजिक शो”को तयारी पुरा

परदेशी खबर २५ चैत्र २०७४, आईतवार १८:०० मा प्रकाशित ( ६ साल अघि) २१८ पाठक संख्या

परदेशी खबर /अप्रिल ८,कुवेत । नेपाल कुवेत सरोकार समाज, कुवेतको आयोजनामा १३ तारिक शुक्रवारका दिन हुन गैरहेको “मेघा म्युजिक शो”को सम्पुर्ण तयारि पुरा भएको जानकारी समाजको अध्यक्ष दिल स्याङबोले दिएका छन् ।

नयाँ वर्ष २०७५ सालको आगमनको अवसर पारी शुभकामना आदानप्रदान सहित हुन गैरहेको कार्यक्रममा नेपालका चर्चित कलाकार ज्योति मगर र बिजय लामाको साथमा सांगीतिक कार्यक्रममा स्थानिय कलाकारको पनि प्रस्तुति रहने जानकारी आयोजकले दिएको छ । कार्यक्रममा सहभागी हुन ११ अप्रिलका दिन कलाकारद्वय ज्योती मगर र विजय लामा वतनिया एयरवेज़ मार्फत कुवेतको समय अनुसार दिउसोको१ बजे आइपुग्ने भएको हुनाले संघ संस्था लगायत समाजसेवी, बुद्धिजीवी, पत्रकार,कलाकार, खेलाडी एवं कुवेतबासी सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाइ अतिथि कलाकारहरुको भव्य स्वागतका लागि सहभागिता जनाइदिनु हुन आग्रह समाजका अध्यक्ष स्याङबोले गरेका छन् ।

”समाज र देश निर्माणको लागी युवा एकता” भन्ने मुल नाराका साथ स्थापना भएको समाजले यस भन्दा अगाडी पनि डम्बर नेपालीको साथ सफल कार्यक्रम गरी सकेको छन् भने यसपटक भने मगर र लामाको साथ् कुवेत बासीलाई मनोरंजन दिन लागेको हो ।

पुनश्च :कार्यक्रम हुन स्थान र समय
स्थान :- नाइटिङ्गल ब्रिटिश स्कुल जिलिब कुवेत
समय :-बिहान ११ बजे
मिति :- अप्रिल १३ ,२०१८