परदेशी खबर / जनवरी २०, कुवेत ।कुवेतमा विगत तीन महिना देखि बिरामी रहेका नरबहादुर पन्तको उपचारको लागि सहयोगको अपिल गरेको छ ।तनहुँ जिल्ला घर भएका नर बहादुर पन्त  विगत ३ बर्ष देखि कुवेतमा कार्यरत छन ।

बिदेशमा धन कमाउने सपना बोकेर कुवेत आएको नरबहादुर पन्त साहारा अल रुला कम्पनीमा अप्रेटरका  रुपमा काम गर्दै आएको थियो ।  बिगत १ बर्ष देखि कम्पनीले भिसा नलगाई दिएको र कम्पनीले समयमा तलब पनि नदिएको र अहिले आएर कम्पनी सँग मुद्दा  लडि रहेका छन ।

बिगत ३ महिना देखि बिरामी भएकोले उहालाई नेपाल कुवेत सरोकार समाजका उपाध्यक्ष राम बहादुर तामाङको सक्रियतामा नेपाली राजदुतावास सँग समन्वय गरि फर्वनिया हस्पिटलमा उपचार गराउदा थाहा भयो कि दुबै मृगौला फेल भएको । केही दिन अस्पतालमा उपचार गरि कोठामा आउँदा फ़ेरि पहिलोको जस्तै भएपछि जनवरी २ तारीखको दिन राम बहादुर तामाङको सक्रियतामा नेपाली राजदुतावासको पहलमा फर्वनिया हस्पिटलमा राखिएको छ । डाक्टरको भनाइ अनुसार जतिसक्दो चाँडो  नेपाल पठाउन भनिएको छ । उहाँ लाई नेपाल पठाउन र अर्थिक सहयोग गर्नको लागि नेपाल कुवेत सरोकार समाजले कुवेतमा रहेका सम्पुर्ण नेपाली संघ संस्था अनि नेपाली दाजु भाइ दिदिबहिनीहरुलाई आर्थिक सहयोगको आग्रह र अपेक्षा गरेछ ।मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो ।

नेपाल कुवेत सरोकार समाज कुवेतका प्रतिनिधिहरुलाई सम्पर्क गर्न आग्रह

नेपाल कुवेत डटकम / सुरेश गुरुङको सहयोगमा