आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

लुम्बिनी समाज नेपालकुवेतद्वारा मृगौला पीडित तेजबहादुर गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण

परदेशी खबर ५ माघ २०७४, शुक्रबार २०:४५ मा प्रकाशित ( ६ साल अघि) १८५ पाठक संख्या

परदेशी खबर/जनवरी १७, कुवेत । लुम्बिनी समाज नेपाल कुवेतद्वारा सुनुवल नगरपालिका ८ निवासी मृगौला पीडित तेजबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ ।

समाजका महिला उपाध्यक्ष शान्त भण्डारी अगुवाइमा कुवेत बाट रु :- ६३,१५१/- (त्रीसठ्ठी हजार एक सय एकाउन्न रुपैयाँ ) संकलन गरि जनवरी १९ तारीखका दिन मानव अंग प्रत्यारोपण केन्द्रमा पीडित गुरुङलाई हस्तान्तरण गरिएको हो ।

कुवेतमा सक्रिय रुपमा सामाजिक काममा रहेका लुम्बिनी समाज नेपाल कुवेत स्थापनाको कालखण्डबाट नै कुवेत तथा नेपालमा विभिन्न प्रकृतिका बिरामी तथा प्राकृतिक प्रकोपबाट समस्या तथा पीडित सहयोग उद्धार गरेर आफ्नो छुट्टै परिचय राख्न सफल भएको संस्थाको रुपमा आफुलाई चिनाएको छ ।

विगत केहि समय अगाडि मात्रै पनि तारा थापाको सफल उद्धार गर्न सफल लुम्बिनी समाज नेपाल कुवेत हाल अस्पतालमा उपचाररत भगिराथ चापागाईंको उद्धारमा नैतिक तथा भौतिक रुपमा लागिपरेको छ । सम्भाववता चाँडै नेपाल पठाउन सक्ने जानकारी पनि समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले जानकारी दिँदै आईरहेको छ।