आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

नेपाली जनसम्पर्क समिती कुवेतले युवा नेता लेखकको उपस्थितिमा ४२औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने

परदेशी खबर ५ माघ २०७४, शुक्रबार ०९:१३ मा प्रकाशित ( ६ साल अघि) २६८ पाठक संख्या

१९ जनवरी, कुवेत। नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्ब भौतिक पुर्बधार एवं यातायात मन्त्री युवा नेता रमेश लेखकको विशेष उपस्थितमा कुवेतको फर्वानिया स्थित अल दह्यई प्यालेस होटेलमा मनाउन लागेको हो।

नेता लेखक जनसम्पर्क समिती कुवेतको निमन्त्रणामा यहि जनवरी २३ तारीख कुवेत आउने कार्यतालिका रहेको समितिका महामन्त्री कृष्ण बहादुर तामाङले जानकारी दिएका छन।

नेता लेखकको उपस्थितिमा विशेष प्रशिक्षण एवं सम्बोधन हुने र राष्ट्रिय मेलमिलाप दिवसको शुभकामना आदानप्रदान कार्यक्रम समेत रहेको जनसम्पर्क समितिले जनाएको छ।

 

उक्त प्रशिक्षण कार्यक्रममा राष्ट्रियता, लोकतन्त्र, समाजवादमा आस्थावान सबैलाई समेटेर लैजाने अभिप्रायले जनसम्पर्क समिति कुवेतका सभापति कल्याण कुमार श्रेष्ठले नेपाली कांग्रेस प्रती आस्तावान सबैलाई आबद्ध हुन चाहेमा स्वागत पनि गरिने बताएका छन।

  • कार्यक्रम हुने स्थान, मिति र समय

मिति : २५ जनवरी २०१८
समय : बेलुकी ७:३० बजे
स्थान: अल दह्यई प्यालेस होटेल
(AL DWAIHI PALACE HOTEL)
बल्क न: ४ पुरानो गल्फ मार्ट नजिकै,फर्वानिया
(नोट : कृपया समयको ख्याल गर्नुहोला)

थप जानकारिका लागि
महामन्त्री
कृष्ण बहादुर तामाङ (५१३३०५७७,६९३०५६११)