आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

कुवेतमा चर्चित कलाकारहरुको साथ साँस्कृतिक कार्यक्रम गरी मनाउँदै नयाँ वर्ष

परदेशी खबर २७ पुष २०७४, बिहीबार १९:३८ मा प्रकाशित ( ६ साल अघि) १६१ पाठक संख्या

 

 

परदेशी खबर / जनवरी ११, कुवेत । नेपाल कुवेत सरोकार समाज कुवेतको आयोजनामा नेपाली नयाँ वर्ष २०७५लाई  यही अप्रिल १३ तारिकका दिन नेेेपालबाट आमन्त्रित  बहुचर्चित रास्ट्रिय कलाकारको साथमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ ।

 

 

नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापनाकाल देखी नै विविध  सामाजिक क्रियाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजले यो भन्दा पहिले पनि अतिथी कलाकार गायक डम्बर नेपाली र लोक गायिका तथा मोडल सावित्री जोशीको साथमा भब्य सागितिक कार्यक्रमको आयोजना गरेको थियो ।

यस बर्ष लोकदोहोरी गायिका ज्योति मगर र पप तथा आधुनिक गायक बिजय लामा आउने पक्का भएको छ । कुन हलमा गर्ने तय भैई नसकेको समाजका सचिव राज क्षेत्रीले चाडै नै जानकारी गराउने बताएका छन।

समाजका सचिव राज क्षेत्रीले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनको कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधादीनु हुन समेत आग्रह गरेका छन ।