आज: २९ बैशाख २०८१, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS

७ दिन विद्यालय बन्द हुने

परदेशी खबर २२ बैशाख २०७४, शुक्रबार ०६:१८ मा प्रकाशित ( ७ साल अघि) २४३ पाठक संख्या


वैशाख २१, काठमाणडौ । सरकारले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर आगामी वैशाख २५ देखि ३१ गते सम्म निर्वाचन हुने प्रदेशका सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ ।
सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशअन्तरगतका विद्यालयमा ७ दिन विदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले विद्यालयमा मतदान केन्द्र रहने भएकाले वैशाख ३१ गते निर्वाचन हुने प्रदेशका सबै विद्यालयहरु २५ गतेदेखि ३१ गते सम्म बिदा दिने सरकार समक्ष आग्रह गरेको थियो ।

निर्वाचन प्रभावित नहोस् भनेर मतदान केन्द्र तोकिएका तीनै प्रदेशका शैक्षिक संस्थाहरु एक हप्ताका लागि विदा दिन आयोगले हिजो सरकारलाई पत्रचार गरेको थियो ।साभार:कान्तिपुर अनलाइनबाट