आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS

नेपाल एयरलाइन्सले माग्यो सिनियर पाइलटदेखि जेनेरल टेक्निसियनसम्म

परदेशी खबर २ कार्तिक २०७३, मंगलवार ०९:४३ मा प्रकाशित ( ७ साल अघि) २३० पाठक संख्या

nac-nepal-airlince
अक्टोबर १८ , काठमाडौं । नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विभिन्न प्राविधिक पदहरुका लागि दरखास्त आह्वान गरेको छ । बायु सेवा निगमले ७३ जना प्राविधिकको पदपूर्ति गर्ने गरी जागिर खोलेको हो ।

निगमले ९ जना सिनियर क्याप्टेन (बिमान चालक), ७/७ जना क्याप्टेन र जुनियर क्याप्टेनका लागि दरखास्त मागेको छ ।

यस्तै एक बरिष्ठ प्राविधिक अधिकृत (मेकानिकल र अटोमोबाइल), ६ बरिष्ठ प्राविधिक अधिकृत (एयर फ्रेम र इन्जिन) र ६ एभियोनिक्स अधिकृत मागेको छ । उनीहरुले विमान मर्मतको लागि काम गर्नुपर्नेछ ।

यसैगरी यस्तै बरिष्ठ प्राविधिकदेखि जुनियर फ्लाइट डिस्प्याचर, सिभिल ओभर सिययर, ग्राउण्ड इक्वीपमेन्ट अपरेटर, पेन्टर प्रविधिक, टेलर प्राविधिक, जेनेरल टुल्स टेक्निसियन लगायतका पदमा पनि जागिर खुलेको छ ।

पदअनुसार फरक-फरक शैक्षिक योग्यता मागिएको छ । आजबाट २१ दिनभित्र जागरिका लागि दरखास्त दिन सकिने निगमले जनाएको छ ।

 

निगमको विज्ञापन हेर्नुस्

nac-vacancy-2

 

साभार अन्लाईनखबर