आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024
FLASH NEWS

संघीय गठबन्धको सिंहदरबार घेराउ सुरु, वरपरको ट्राफिक अस्तव्यस्त

परदेशी खबर २ जेष्ठ २०७३, आईतवार ०५:३३ मा प्रकाशित ( ८ साल अघि) १८२ पाठक संख्या

माइतीघरमा गाडी तोडफोड

image

२ जेठ, काठमाडौं  । मधेसी दलसहितको संघीय गठबन्धनले सिंहदरबार घेराउले वरपरको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । गठवन्धनमा आवद्ध दलहरुले सिंहदरबार आउने विभिन्न नाकाहरुमा जम्मा भएर अवरोध गरेका छन् ।

प्रहरीले थापाथलीबाट चारपाङ्ग्रे गाडी अगाडि आउन दिइएको छैन । माइतीघरमा सबैभन्दा ठूलो समुह छ । त्यहाँ बाक्लो संख्यामा प्रहरी तैनाथ छन् । बबरमहलस्थित सिडियो कार्यालय अगाडि पनि प्रदर्शनकारी जम्मा भएका छन् ।

प्रदर्शनकारीले बा १ झ ३६१० नम्बरको बस माइतीघरमा तोडफोड गरेका छन् ।

अहिलेसम्म प्रहरीले प्रदर्शनकारी निषेधित क्षेत्रभित्र जान दिएको छैन । प्रहरी र प्रदर्शनकारीबीच मुठभेडको स्थिति पनि आएको छैन ।

कुन नेता कहाँ

समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावनाका राजेन्द्र महतोलगायतका केही नेताले माइतीघरमा नेतृत्व गर्ने कार्यक्रम छ । तमलोपा, फोरम लोकतान्त्रिक नेपाल सद्भावना लगायतका साना मधेसी दल हनुमानस्थानमा बस्नेछन् । जनजाति पार्टीका नेताहरु यी दुवै क्षेत्रमा बाँडिएर बस्नेछन् ।

साभार अन्लाईनखबर