आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

भारतीय राजदुतलाई फिर्ता पठाए कांग्रेसले नाकावन्दी गर्ने चेतावनी

परदेशी खबर २८ बैशाख २०७३, मंगलवार १०:११ मा प्रकाशित ( ८ साल अघि) २०० पाठक संख्या

image

२८ वैशाख , काठमाडौं। वर्तमान ओली नेतृत्व सरकारले नेपालका लागि भारतीय राजदुत रणजित रे ले आफ्नो मर्यादा विपरित अनावश्यक राजनीति गरेको भन्दै सरकारले फिर्ता पठाउने तयारी गरेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नाकाबन्दी गर्ने चेतावनी दिएको छ ।
भारतीय राजदूतले रे ले त्यस्तो कुनै राजनीति नगरेको भन्दै राजदूत फिर्ता पठाउने निर्णय गरेको खण्डमा नाकाबन्दी गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चेतावनी दिएको हो। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारले प्रतिशोधपूर्ण ढंगले राजदूतमाथी आरोप लगाएको भन्दै नेपाली कांग्रेस अब चुप लागेर नबस्ने समेत बताएका थिए ।
कांग्रेस नेता निधिले राजदूतलाई फिर्ता पठाए हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेर नाकाबन्दी गर्ने सम्मको धम्कि दिएका छन् । नेपाल सन्देशमा खबर छ |