आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि प्रचण्डले मागे एमालेको धारणा

परदेशी खबर २२ बैशाख २०७३, बुधबार ०३:४८ मा प्रकाशित ( ८ साल अघि) २१५ पाठक संख्या

prachanda-1-768x474

वैशाख २२, काठमाडौं- सत्ताघटक एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई विपक्षी नेपाली कांग्रेसबाट नयाँ सरकारको नेतृत्व प्रस्ताव आएको खुलासा गरेका छन् ।

सत्ता नेतृत्वकर्ता नेकपा एमालेसँग बालुवाटारमा मंगलबार राति अबेरसम्म भएको दुई दलीय बैठकमा दाहालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको जनाउँदै त्यसमा एमालेको धारणा मागेका अाजको नागरिक दैनिकमा समाचार छ ।

‘कांग्रेसले आफूलाई संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारको नेतृत्व लिन प्रस्ताव गरेको छ,’ प्रचण्डलाई उद्घृत गर्दै एकीकृत माओवादी सचिव वर्षमान पुनले भने, ‘तपाईंहरु यसमा के भन्नुहुन्छ ?’ प्रचण्डले एमालेसँग लामो समय सहकार्य भएको स्मरण गर्दै बैठकमा आफूलाई प्रधानमन्त्री बनाउने कांग्रेस प्रस्तावबारे धारणा मागेको पुनले जानकारी दिए । ‘प्रधानमन्त्रीले पार्टीको आगमी बैठकमा छलफल गरेर जवाफ दिन्छु भन्नुभयो,’ पुनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन कसरी अघि बढाउने भन्ने विषयमा बालुवाटारमा सत्ताघटक दुई दलको बैठक डोकेका थिए ।

साँझ बैठक सुरु गर्दे एमाले अध्यक्षसमेत रहेका ओलीइले सरकारबारे बाहिर धेरै कुरा सुनिएको भन्दै खुलस्त भएर आफ्ना कुरा राख्न दाहाललाई आग्रह गरेका थिए ।

त्यसलगत्तै दाहालले भने ‘संसिवधान मिर्ाणमा सहकार्य भयो, राम्रो भयो, कार्यान्वयनका बेलमा पनि हामी एकै ठाँउ भयौं, नाकाबन्दी सामना गर्‍यौं, कांग्रेस आएको भए झन् राम्रो हुनेथियो, उसलाई ल्याउनु अझै आवश्यक छ ।अनलाइन खबरबाट