आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS

पुरानो बसपार्कबाट चल्ने गाडी अब खुलामञ्चबाट

परदेशी खबर २२ बैशाख २०७३, बुधबार ०३:०३ मा प्रकाशित ( ८ साल अघि) २४६ पाठक संख्या

वैशाख २२, काठमाडौं – काठमाडौंको पुरानो बसपार्कबाट बाहिरिने सबै सार्वजनिक गाडी बुधबारदेखि खुलामञ्चबाट सञ्चालन हुन थालेका छन् ।

पुरानो बसपार्कमा काठमाडौं स्तम्भ बनाउन लागिएकाले अब खुलामञ्चबाट गाडी चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
खुलामञ्चको पश्चिमबाट गाडी प्रवेश गर्ने र पूर्वबाट बाहिरिने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । तीन अर्ब ५० करोडको लागतमा बनाउन लागिएको बाह्रतले काठमाडौं स्तम्भको निर्माण १८ महिनामा सक्ने लक्ष्य छ ।उज्यालो अनलाइनबाट