आज: २९ बैशाख २०८१, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS

पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

परदेशी खबर ४ भाद्र २०७६, बुधबार १३:०९ मा प्रकाशित ( ४ साल अघि) २२० पाठक संख्या


४ भदौ, काठमाडौं । भारतले भूकम्पपछिको पुनर्निर्माणमा २ अर्ब ४५ करोड बढी रकम हस्तान्तरण गरेको छ ।

नेपाल भारत संयुक्त आयोगको बैठकका क्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँको चेक हस्तन्तरण गरेका हुन् ।

यो रकम नुवाकोट र गोरखाका घरहरु पुनर्निर्माणमा खर्च हुने समाचार आजको अनलाइन खबरमा प्रकाशित गरिएको छ l