केपी शर्मा ओली

 
 

राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त, तेस्रो पटक प्रधानमन्त्री बने केपी शर्मा ओली

बैशाख ३०,काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बिहीवार राति विज्ञप्ति मार्फत जनाएको छ । २०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन कोशिष गरेका थिए । संसदमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले ३ दिनपछिफुर्सदमा


महन्थले देउवा र ओलीसँगको भेटपछि सांसदलाई रिसोर्टमा राखे

बैशाख ३०,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सांसदलाई रिसोर्टमा राखेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली भेटपछि ठाकुर महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको छ । बुढानिलकण्ठमा देउवालाई भेटेर बालुवाटारमा ओलीसँग भेटवार्ता गरेका ठाकुर र महतोले तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलमा भेला गराएर सांसदहरुलाई भक्तपुर लगेका हुन् । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष देउवाको नेतृत्वमा बहुमतको सरकार निर्माणको पक्षमा उभिएका बेला ठाकुर र महतोले आफूनिकट सांसदलाई रिसोर्टमा लगेर राखेका हुन् । रिसोर्टमा रहेका एकफुर्सदमा


मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

वैशाख २७,,काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शुरू भएको प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिनका लागि बैठक आह्वान भएको थियो ।सोमवार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव अस्वीकृत भएको थियो । अब मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिबाट अधिवेशन अन्त्य हुने एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । सभामुख अग्नि सापकोटाले भने वैशाख ३० गते बैठक बोलाएका छन् ।


१ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

चैत्र २१,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएको छ । शनिबार बालुवाटारबाट सडक निर्माणको शुभारम्भको स्वीच थिचेर प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ गरिएको हो । यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ । सबै ठाउँमा प्रधानमन्त्री ओली पुग्न असम्भव भएकाले एकै ठाउँबाट शिलान्यास गर्नुभएको छ।


पछिल्ला सम्प्रेसणहरु

टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

अब विद्युतीय दर्ता नम्बर देखाएर मात्रै खोप लगाउन पाइने

बिजनेष

ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस