Monday, July 12th, 2021

 

सिन्धुपाल्चोक सेवा समाज कुवेतको पहलमा मेलम्ची बाढी प्रभावितका लागि ३ लाख आर्थिक सहयोग संकलन

हरी कृष्ण न्यौपाने/ सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी–पहिरो प्रभाबितहरुकोसहयोगका लागि ७७७.४७५ के.डि.(नेरु करीब ३ लाख) नगद संकलन गरेको छ।प्रभाबितहरुकालागि तत्काल सहयोग गर्न १७ जुन,२०२१ वाट सहयोग संकलन अभियान  गरेकोमा १०जुलाई,२०२१का दिन देखी अभियान बन्द गरिएको जनाइएको छ। असार १,२०७८का दिन मेलम्ची खोलामा आएको बाढीले मेलम्ची देखी ताराङमारङ,ग्याल्थुङ,किउलर अझै माथि सम्म क्षति पुर्याए पछी सिन्धुपाल्चोक सेवा समाज कुवेतले कुवेतमा रहेका सबैनेपालीहरुलाई सहयोग संकलन अभियानमा सहयोग गर्दै हातेमालो गर्न अपिल गरेको थियो। यसै बिच सिन्धुपाल्चोक सेवा समाजका अध्यक्ष बिकास तामाङ(गोले)ले सिन्धुपाल्चोक मेलम्ची–हेलम्बु बाढी–पहिरो प्रभाबितका लागि ३ हप्ताको अभियानमा जोडीएर साथ,सहयोग रफुर्सदमा


भोलिदेखि वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट र भिसाको आधारमा खोप लगाइने

काठमाण्डौ – सरकारले भोलि असार २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि खोपलगाउने भएको छ । खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई भोलिदेखि चीनबाट ल्याइएको भेरोसेल खोपलगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोपलाइनेछ । सरकारले चीनबाट ल्याएको भेरोसेल खोप र अमेरिकाबाट ल्याएको जोनसोन एण्डजोनसोन खोपको पहिलो मात्राको रूपमा भोलिदेखि लगाउन लागिएको हो । पछिल्लो समय खाडीका केही देशले कोरोना विरुद्धको खोप लगाएका कामदारलाई मात्र लिने नीतिलिँदा बिदामा आएका र नयाँ जान खोज्ने धेरै श्रमिक रोकिएका छन् । न्यूज़ साभार:फुर्सदमा


प्रतिनिधिसभा पुनर्स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

असार २८,काठमाडौं – प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताई दिएको हो । अहिले सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको बताएका थिए । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको छ। अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाईफुर्सदमा


कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघ्यो

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघेको छ  ।  जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख  ३१ हजार ७११ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ६८ लाख ५ हजार ३०१ जना रहेका छन । विश्वभर तीन अर्ब ४३ करोड ६३ लाख ६२ हजार ९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  सो विश्वविद्यालयले जुलाई १२ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।फुर्सदमा


इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली बन्यो युरोकप च्याम्पियन

इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो ।  लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए ।  अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् ।  इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । यसअघि १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो । सन्फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन

बिजनेष

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस