Friday, May 28th, 2021

 

स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारवाही गर्न उपप्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन् । कोरोना महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने तीन जना पक्राउ परिसकेका छन् । यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।


जसरी पनि खोपको दोस्रो मात्रा व्यवस्था गर्छौं : प्रधानमन्त्री ओली

जेष्ठ १४,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै उनले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताए । नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको उनले बताए ।


बशर अल–असद पुनः बने सिरियाको राष्ट्रपति

जेठ १४, काठमाडौं । सिरियाको राष्ट्रपति चुनावमा बशर अल–असदले व्यापक जीत हासिल गरेर लगातार चौथो पटक सत्ता आफ्नो हातमा पार्न सफल भएका छन् । देशमा बुधबार भएको चुनावमा असदले ९५.१ प्रतिशत मत पाए । उनलाई चुनौती दिने दुई उम्मेद्वारमध्ये महमूद अहमद मारीले ३.३ प्रतिशत र अब्दुल्ला सालौम अब्दुल्लाले १.५ प्रतिशत मत हासिल गरे । सिरियाको विपक्षी दलले यो चुनावलाई पाखन्ड बताएका छन् । अमेरिका र युरोपेली देशले यो चुनाव स्वतन्त्र र निष्पक्ष नभएको बताए । बशर अल–असदले पहिले नै मतदानको विषयमा पश्चिमको प्रतिक्रिया उनको लागि ‘जिरो’ भएको बताएका थिए ।फुर्सदमा


भेरी अस्पताल प्रकरणमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु- गृह मन्त्रालय

जेठ १४, । काठमाडौं बिहीबार राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य प्रारम्भ भएको गृहमन्त्रालयले जनाएको छ । घटनाको सत्यतथ्य छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन समेत गरिएको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयले यसअघि सोलुखुम्बु, धनुषा, कास्की तथा मोरङ ज्लिलामा यस्ता घटनामा संलग्न व्यक्ति उपर कानुन बमोजिम कारवाही गरिसकेको र कोभिड बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूमाथि हुने यस प्रकारका घटना घट्न नदिन, दोषीलाई कानुन बमोजिम कारवाही गर्न र स्वास्थ्यकर्मीहरुको सुरक्षामा विशेषफुर्सदमा


प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ४ बजेतिर सम्बोधन गर्न लागेका हुन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।  सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि अपरान्ह ४ बजे सार्वजनिक गर्नेछन्। सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक नीति तथा कार्यक्रम आएन । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट ल्याउन लागिएको हो । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छनफुर्सदमा


कतारसहित तीन देशमा नियमित उडान खोल्ने

काठमाण्डौ – सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि  चीन, कतार र टर्कीका लागि नियमित उडानखोल्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उज्यालोलाईजानकारी दिनुभयो ।   कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडानखुला गरेको उहाँले जानकारी दिनुभयो । तीनै देशबाट सातामा एउटा मात्र उडान हुने छ । एअर बबल सम्झौता अन्तर्गत अहिले पनि भारतमा सातामा दुई उडान नियमित रूपमा भइरहेको छ ।आन्तरिक उडान खोल्नेबारे भने अहिले कुनै निर्णय भएको छैन ।फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

बिजनेष

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस