Thursday, May 13th, 2021

 

राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त, तेस्रो पटक प्रधानमन्त्री बने केपी शर्मा ओली

बैशाख ३०,काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बिहीवार राति विज्ञप्ति मार्फत जनाएको छ । २०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन कोशिष गरेका थिए । संसदमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले ३ दिनपछिफुर्सदमा


नागरिकको स्वास्थ्यका लागि राष्ट्रिय ध्वजाबाहकको उच्च सक्रियता

बैशाख ३०,काठमाडौं । नेपाल यतिखेर दक्षिण एसियामै कोभिड–१९ महामारीको उच्च जोखिम र पीडामा अगाडि बढिरहेको छ । सङ्ख्यात्मक रूपमा भारत कोरोनाबाट प्रभावित ठूलो जनसङ्ख्या भए पनि नेपालमा जनसङ्ख्याका आधारमा गत हप्ताबाट भारतभन्दा बढी प्रभावित रहेको तुलनात्मक तथ्याङ्कले पुष्टि गरेको छ । कोरोनाको यो भेरियन्ट निकै छिटो सर्ने कारणले आगामी दिनमा सङ्क्रमितको सङ्ख्या बढ्नुका साथै मृत्युदरसमेत वृद्धि हुने प्रक्षेपण गरिएको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नागरिकको जीवन रक्षार्थ जिम्मेवारीपूर्ण क्रियाशील रहेको छ । हाल ३० हजार अतिरिक्त सिलिण्डरको आवश्यकता टड्कारो रूपमा देखापरेको छ । यो कोरोना भेरियन्टबाट प्रभावित आम नागरिकको जीवनफुर्सदमा


आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट कोरियाले निर्माण गर्‍यो, हरेक पसलमा उपलब्ध हुने

बैशाख ३०, काठमाडौं । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ । यतिमात्र नभई यो किट अब हरेक २४ घण्टे पसलमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस–२५,फुर्सदमा


हवाई हमलामा हालसम्म १७ बालबालिकासहित ६७ को मृत्यु

बैशाख ३०,काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच केही वर्षयताकै हिंसात्मक द्वन्द्व रोकिने छाँटकाँट देखिएको छैन । बुधबार पनि इजरायलले हवाई हमला जारी राख्यो भने हमासले पनि रकेट आक्रमणलाई निरन्तरता दिएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो द्वन्द्व ‘युद्ध’ मा नै परिणत हुन सक्ने चेतावनी दिएको छ । ‘गोलाबारी तुरुन्त बन्द गरौँ । हामी युद्धतर्फ बढ्दैछौँ,’ मध्यपूर्वको शान्ति प्रक्रियाका संयुक्त राष्ट्रका विशेष संयोजक टोर वेन्सलेन्डले ट्वीट गर्दै आग्रह गरेका छन् । गाजा क्षेत्रमा इजरायलले गरेको हवाई हमलामा परेर १७ जना बालबालिकासहित ६७ जनाले ज्यान गुमाइसकेका छन् भने ३ सय ८८ जना घाइते भएकाफुर्सदमा


महन्थले देउवा र ओलीसँगको भेटपछि सांसदलाई रिसोर्टमा राखे

बैशाख ३०,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सांसदलाई रिसोर्टमा राखेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली भेटपछि ठाकुर महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको छ । बुढानिलकण्ठमा देउवालाई भेटेर बालुवाटारमा ओलीसँग भेटवार्ता गरेका ठाकुर र महतोले तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलमा भेला गराएर सांसदहरुलाई भक्तपुर लगेका हुन् । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष देउवाको नेतृत्वमा बहुमतको सरकार निर्माणको पक्षमा उभिएका बेला ठाकुर र महतोले आफूनिकट सांसदलाई रिसोर्टमा लगेर राखेका हुन् । रिसोर्टमा रहेका एकफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

बिजनेष

ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस