Monday, May 10th, 2021

 

कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

परदेशी खबर/ मे १०, कुवेत । कुवेत सरकारले करिव दुई महिना यता जारी गराउदै आएको आंशिक कर्फ़्यू ईदको पहिलो दिनबाट खारेज गर्ने निर्णय गरेको छ। कर्फ़्यू खारेज गर्ने सरकारको निर्णय अनुसार स्वास्थ्य मापदण्ड पुरा गरेर रेस्टुरेन्ट, क्याफे, मर्मत सेवा, फ़ार्मेसी , किराना पसल र स्वास्थ्य क्षेत्रको लागि आपूर्ति लगायतका क्षेत्र खुला गरिने छ । अन्य सबै वाणिज्यिक गतिविधिहरू बेलुकी ८ बजेदेखि बिहान ५ बजे सम्मका लागि बन्द रहने छ।त्यसै गरि निजी तथा सार्वजनिक क्षेत्रका कार्यालयहरुमा ६०% भन्दा बढी कामदार राख्न नपाउने पनि निर्णय गरिएको छ साथै सिनेमा तथा रेस्टुरेन्टहरु कोरोना विरुध खोप लगाएकाहरुको लागि मात्र खुल्ला गराइनेफुर्सदमा


राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

बैशाख २७,काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिन असफल भएपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतको सरकारका लागि आह्वान गर्नुपर्ने माग गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक अनुरोध गरेका हुन् । प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि स्वतः पदमुक्त हुने व्यवस्था भएकाले अब धारा ७६ को (२) अन्तर्गतकोफुर्सदमा


मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

वैशाख २७,,काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शुरू भएको प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिनका लागि बैठक आह्वान भएको थियो ।सोमवार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव अस्वीकृत भएको थियो । अब मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिबाट अधिवेशन अन्त्य हुने एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । सभामुख अग्नि सापकोटाले भने वैशाख ३० गते बैठक बोलाएका छन् ।


२४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना

वैशाख २७,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन् । योसँगै नेपालका कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ। यो दर कुल संक्रमितको ७६ प्रतिशत हो। यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २९७१ जना कोरोना संक्रमित थपिएका छन् भने १३९ जना संक्रमितको मृत्यु भएको छ।


नेपालीहरुमाथि यात्रा प्रतिबन्ध बढ्दो, रोजगारमा जाने कामदार प्रभावित

बैशाख २७,काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि नेपालीमाथि यात्रा प्रतिबन्ध लगाउने विदेशी मुलुकहरुको संख्या थपिँदै गएका छन् । कोरोनाको दोस्रो लहर बढेपछि विदेशी मुलुकहरुले नेपालमाथि यात्रा प्रतिबन्ध लगाउन थालेका कारण त्यसको प्रत्यक्ष मार वैदेशिक रोजगारमा जाने कामदाहरहरु माथि परेको छ । नेपालमा कोरोना भाइरसका संक्रमित र उक्त संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । आइतबार ८ हजार ८ सय ५० जना संक्रमित थपिएको र पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको र विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका तर सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेको पाइएकोफुर्सदमा


कामदारहरुद्वारा स्वदेश फर्कन नेपाली दूतावासहरुमा दबाब

बैशाख २७,काठमाडौं : करार अवधि सकिएका नेपाली कामदारहरुले विदेशस्थित नेपाली दूतावासमा स्वदेश फर्किने व्यवस्थाको माग गर्दै दबाब बढाएका छन् । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि करार अवधि समाप्त भई स्वदेश फर्किनुपर्ने कामदारहरुले आफुहरुको टिकटको अवधि समाप्त हुने भन्दै स्वदेश फर्किने प्रवन्ध गर्न दबाब दिन थालेका हुन् । सरकारले वैशाख २३ गते अर्थात गत बिहीबारदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ । नेपालमा संक्रमण दैनिकरुपमा बढ्दै गएकोले अन्तर्राष्ट्रिय उडान खुल्ने समयको टुंगो नभएपछि स्वदेश फर्किनु पर्ने कामदारहरुले नेपाली दूतावासहरुलाई स्वदेश फर्कने प्रवन्ध गरिदिन दबाब बढाएका हुन् ।फुर्सदमा


बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

बैशाख २७,काठमाडौं । ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए । “निषेधाज्ञा सुरु भएको दुई÷तीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो । ​ त्यसपछि घट्दै गयो, अहिले आधामा झरेको छ,” उनले भने, “आवागमन कम भयो, होटेल पार्टी प्यालेस बन्द भए र थुप्रै मान्छेफुर्सदमा


अलमुजैनिको रमादान प्रमोशन तेस्रो चरणको भाग्याशाली विजेताहरुको नामावली सार्वजनिक

परदेशी खबर/ मे ९, कुवेत। अलमुजैनी एक्सचेन्जबाट अनलाइन पैसा पठाउँदा पाईने मादान प्रमोशन तेस्रो चरणको भाग्याशाली विजेताहरुको नामावली सार्वजनिक गरिएको छ। रमादान प्रमोसन अनलाइन दोस्रो-टोली, अप्रिल २६ , २०२१ देखि मे २ , २०२१ गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागी भाग्यसाली विजेताहरुको नामावली सार्वजनीक गरीएको छ। रमादानको अवधिमा अनलाइन मार्फत पैसा पठाउनुहोस, दैनिक आकर्षक पुरुस्कार जित्नुहोस अन्तर्गतको यो तेस्रो भाग्याशाली उपहार हो। अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको लागी अलमुजैनीले रमादानको अवधि भित्र ग्राहकले दैनिकरुपमा जित्न सक्नेगरी विशेष आकर्षक प्रमोशन सुरु गरेको हो ! अनलाइन सेवा लिने ग्राहकहरु ले मात्रफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

बिजनेष

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस