Friday, March 5th, 2021
वार्तापछि नवलपुरबाट पहिलो पटक सार्वजनिक भए विप्लव

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै महासचिव विप्लव सार्वजनिक भएका छन्। दुई वर्षदेखि भूमिगत रहेका नेकपाका महासचिव विप्लवको नवलपुरबाट सार्वजनिक भएका हुन्। महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी शुक्रबार बिहान काठमाडौ प्रस्थान गरेका हुन्। सहिद-सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ‘रमा’ को परिवारलाई विप्लवले भेटेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिए। उनका अनुसार सहिद फूलमाया सारू ‘रमा’ को २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमाथिको कारवाहीमा सहादत भएको थियो। नवलपुरबाट नै भूमिगत पछि उनको पहिलो तस्बिर सार्वजनिक भएकोफुर्सदमा