Wednesday, March 3rd, 2021

 

कतारले श्रम कानुनको जानकारी ह्वाट्एपबाटै नै उपलव्ध गराउँदै

परदेशी खबर, ३ मार्च । कतारले आप्रवासी श्रमिकलाई श्रम कानुन सम्वन्धि जानकारी ह्वाट्एपबाट नै प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । कतारमा कार्यरत रहँदा श्रमिकको अधिकार, कतार भिसा सेन्टर बारे जानकारी, धेरैजसो सोधिने प्रश्नहरुको उत्तर लगायतका सेवा सहित सुरु गरिएको ह्वाट्सएप मार्फत दिइने जानकारी निःशुल्क रहेको र सो मार्फत विश्वासिलो, आधिकारिक सुचना प्राप्त गर्न सकिने जनाइएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सुचना प्रदायक निकायले यस्तो व्यवस्था गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।सेवा लिनका लागि ह्वाट्सएपमा +९७४ ६००६ ०६०१ नम्वर मार्फत लिन सकिनेफुर्सदमा


घेदुङको नवौं महाधिवेशन काठमाडौंमा फागुन १ गतेदेखि चैत १५ गतेसम्म प्रतिनिधि तथा पर्यवेक्षकको नाम दर्ता गरिने

काठमाडौं/तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन काठमाडौंमा हुने भएको छ । कोभिड–१९ को कारण गत वर्ष अन्तिम समयमा स्थगित हुन पुगेको महाधिवेशन २०७७ चैत २७, २८ र २९ (तीन दिन) सम्ममा सम्पन्न गर्न लागेको हो ।  घेदुङको सांगठनिक संरचना संघीय ढाँचामा गएपछिको यो पहिलो महाधिवेशन हो । त्यसैले यो महाधिवेशनमा ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने घेदुङले जनाएको छ । यसअघिको महाधिवेशनहरुमा जिल्ला समितिहरुबाट मात्र प्रतिनिधित्व हुन्थ्यो तर यसपटकको महाधिवेशनमा प्रदेश, जिल्ला र स्थानीय समितिहरुबाट समेत प्रतिनिधित्व हुने भएकोले सहभागिता संख्या बढ्ने महासचिव महितकुमारफुर्सदमा


सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् । यसबारे विस्तृत विवरण आइसकेको छैन । वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।फुर्सदमा


रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

पछिल्ला सम्प्रेसणहरु

मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

बिजनेष

१ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस