Tuesday, March 2nd, 2021

 

विप्लवसँग वार्ता गर्न सरकारले गर्‍यो वार्ता टोली गठन

काठमाडौं : सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ। सरकारले विप्लव समूहसँग वार्ताका लागि मंगलबार वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए। वार्ताद्वारा समस्या समाधान गर्न माननीय गृहमन्त्री रामबहादुर थापा (बादल) को संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराई सदस्य रहनेगरी २ सदस्यीय वार्ता टोली गठन गरिएको गुरुङले बताए। पत्रकार सम्मेलनमा उनले नेपाल सरकारले यो वार्ता टोली बनाइसकेपछि विप्लव समूहले पनि वार्ता टोली गठन गरेपश्चात छिटोभन्दा छिटो वार्ता हुने विश्वास व्यक्त गरे। उनले सबैलाई शान्ति प्रक्रियामा ल्याउनेफुर्सदमा


दोभान बजारमा आगलागी : ४० घर जलेर नष्ट

ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४० घर जलेर पूरै नष्ट भएका छन्। मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा अहिले पनि आगलागी भइरहेको छ। बिहान ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए। ४० घरमा रहेका करिब ८० वटा पसल जलेका छन्। उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको बताए। यु खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।                            फुर्सदमा


रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

पछिल्ला सम्प्रेसणहरु

मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

बिजनेष

१ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस