तपाईं अहिले राष्ट्रिय समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

असोज ७, काठमाडौ । प्रतिनिधि सभाको आज बिहीवारकाे बैठकले बजेटसम्बन्धी ‘आर्थिक विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक २०७८’ लाई बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसदकाे नाराबाजीबीच यी दुई विधेयक पारित भएकाे हाे । अर्थ मन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएकोफुर्सदमा

घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन

असोज ७, काठमाडौ । ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको अकल्पनीय सो दुर्घटनामा निधन भएको थियो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले मृतकका स्मृतिमा आज दीप प्रज्वलन आयोजना गर्यो । सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीको सम्झानामा राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउँदै आएको छ । परिषद् अध्यक्ष खगेन्द्र फेम्बुले यसपटक दीप प्रज्वलन गरिएको बताए । श्री एयरलाइन्सको हेलिकप्टरफुर्सदमा

नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए

असोज ७,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आफ्नो पदाधिकारीहरु टुंग्याएको छ। पार्टीको बिहीबार बिहान भएको सचिवालय बैठकले पदाधिकारी टुंग्याएको हो। जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहँदा पार्टीको उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल रहेका छन्। पार्टी महासचिवमा डा बेदुराम भुसाल निश्चित भएको पार्टीका एक स्थायी समिति सदस्यले जानकारी दिए। उनका अनुसार पार्टीको उपमहासचिवहरुमा डा विजय पौडेल, डागंगालाल तुलाधर र प्रकाश ज्वालाफुर्सदमा

अग्रजलाई सम्मान, युवालाई कार्यकारी जिम्मा दिने माधव नेपालको प्रतिवेदन

असोज ५,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संगठनमा युवाहरूलाई पार्टीका हरेक कमिटीमा उचित जिम्मेवारी दिने प्रतिवेदन प्रस्तुत गरेका छन । प्रथ@म केन्द्रीय कमिटीको बैठकमा नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अग्रजलाई सम्मान र युवालाई कार्यकारी जिम्मा भन्ने नारा दिइने उल्लेख छ । “संगठनका क्षेत्रमा युवाहरूलाई अगाडि बढाउन अग्रजलाई सम्मान युवालाई कार्यकारी जिम्मा’ नारा तय गरी कार्यान्वयन गर्न स्थानीय तहसम्म वरिष्ठ कम्युनिस्ट परिषद् गठनगरी अभिभावकत्व र कार्य सम्पादनको व्यवस्थित प्रणालीफुर्सदमा

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

असोज ५, काठमाडौं। विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल-भारत विद्युत व्यापार गर्न निर्माण अघि बढाइएको हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माण सुरु भएको आठ वर्ष भयो। कहिले तयार हुन्छ भन्ने अझैसम्म टुंगो छैन। विभिन्न अवरोधका कारण आयोजना पूरा हुन गाह्रो परेको विद्युत प्राधिकरणका अधिकारीहरु बताउँछन्। यो प्रसारणलाइन मकवानपुरको हेटौंडा-११ थानाभन्ज्याङ सबस्टेसनबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा जोडिन्छ। १० वटा जिल्ला पार भएर जानुपर्ने आयोजनाको बिभिन्न स्थानमा अवरोधफुर्सदमा

एमालेको विधानमा केपी ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक, ७० वर्षे उमेर हदले कार्यकर्ता उत्साही

असोज ४,काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी एमाले स्थायी कमिटी बैठकमा विधान संशोधन प्रस्ताव आएको छ । स्थायी कमिटीमा आएको विधान संशोधन प्रस्ताव असोज मध्यमा हुने विधान महाधिवेशनबाट पारित भए ओली फेरि प्रधानमन्त्री हुन पाउनु हुने छैन् । यद्यपि ७० वर्ष उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउनु हुने छ । विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढीफुर्सदमा

एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक पारित

असोज ४,काठमाडौ । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी बीच विनियोजन विधेयक पारित भएको छ् । नेमकिपा सांसद प्रेस सुवालले विनियोजन विधेयक २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गरेका छन् । एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजनफुर्सदमा

सातौँ संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै

असोज ३, काठमाडौ । आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो। सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। संविधान दिवसका अवसरमा संविधान दिवस मूलफुर्सदमा

राष्ट्रसङ्घमा नेपाल : अल्पविकसित देशलाई अन्तर्राष्ट्रिय समुदायबाट अधिक सहायता अपरिहार्य

असोज २, काठमाडौ । नेपालले अल्पविकसित राष्ट्रहरूको दिगो विकासको आकाङ्क्षा पूरा गर्न अन्तर्राष्ट्रिय समुदायबाट अधिकभन्दा अधिक सहायता प्रवाह अपरिहार्य भएकामा जोड दिएको छ । गत मङ्गलबारदेखि न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका क्रममा शनिबार भएको अल्पविकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा नेपालले अन्तर्राष्ट्रिय समुदायबाट विदेशी विकास सहयोग, प्रत्यक्ष वैदेशिक लगानी, व्यापारका लागि सहायता, ऋण मोचन, जलवायु वित्त र प्रविधि हस्तान्तरणको मात्रा बढ्नुपर्नेमा जोड दिएको हो । बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्र सचिवफुर्सदमा

संविधान दिवसको कार्यक्रममा जसपाले भाग नलिने

असोज २, काठमाडौं । सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टी यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने बताए । ‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारलेफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन

बिजनेष

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस