तपाईं अहिले फोटो ग्यालरी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै

परदेशी खबर ,३ मार्च ।विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाने भएको छ । असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको सफल आरोहण गरेको टोली यहि वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल जाने बहराइनमा रहेको नेपाली दूतावासले बिग्याप्ती मार्फत जनाएको छ । १३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदाे चैत २ गते नेपाल आउने दूतावासले जनाएको छ । ७९ दिन नेपालमाफुर्सदमा

कतारले श्रम कानुनको जानकारी ह्वाट्एपबाटै नै उपलव्ध गराउँदै

परदेशी खबर, ३ मार्च । कतारले आप्रवासी श्रमिकलाई श्रम कानुन सम्वन्धि जानकारी ह्वाट्एपबाट नै प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । कतारमा कार्यरत रहँदा श्रमिकको अधिकार, कतार भिसा सेन्टर बारे जानकारी, धेरैजसो सोधिने प्रश्नहरुको उत्तर लगायतका सेवा सहित सुरु गरिएको ह्वाट्सएप मार्फत दिइने जानकारी निःशुल्क रहेको र सो मार्फत विश्वासिलो, आधिकारिक सुचना प्राप्त गर्न सकिने जनाइएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सुचना प्रदायक निकायलेफुर्सदमा

भाले जुधाइमा मारिए मालिक

फागुन १७,काठमाडौं ।भारतको तेलंगानामा अवैध भालेजुधाइ खेलका लागि एक भालेको खुट्टामा चक्कू बाँधिएको थियो । यो भालेले आफ्नै मालिकको ज्यान लिएको छ । भालेले भाग्ने कोसिस गरेको थियो र त्यतिबेला उसको खुट्टामा बाँधिएको चक्कूले उनका मालिकलाई गम्भीर चोट लाग्यो । यी व्यक्तिलाई अस्पताल लगियो जहाँ उनको अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भयो । उक्त कार्यक्रममा भाग लिएका अन्य १५ जनाको प्रहरीले खोजी गरिरहेको छ । भाले जुधाइ तेलङ्गना राज्यको लोथुनुरफुर्सदमा

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

फागुन १६,काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्येफुर्सदमा

नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न प्रधानमन्त्री ओली झापामा

फागुन १६ झापा : प्रधानमन्त्री केपी शर्मा ओली आइतबार गृहजिल्लामा विभिन्न पुल उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी हुन आएका छन्। यति एयरलायन्सको पहिलो उडानबाट झापा आएका प्रधानमन्त्री ओलीलाई भद्रपुर विमानस्थलमा प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं. ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, सांसद्हरु, नेकपाका केन्द्रीय नेताहरु लगायतकाले स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुरफुर्सदमा

संसद पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो भएको सुवास नेम्वाङको दाबी

फागुन १५, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनर्स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन्। नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुन:स्थापना पछि दह्रो भएको बताएका हुन्। प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गरे। उनले भने, ‘हिजो पुन:स्थापनाफुर्सदमा

प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको प्रमुख सचेतक भट्टराईको दाबी

फागुन १५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको दाबी गरेका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गरेका हुन् । उनले भने–‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाईएको छ, तर म दाबाका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ। आवश्यक पर्दाफुर्सदमा

युवा समितिको ७१ जिल्लामा अध्यक्ष चयन

फागुन १५,काठमाडौँ। राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ । जिल्लास्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो । गत साउन ७ गते कार्यकाल सकिएपछि समिति रिक्त रहेको थियो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले जिल्लामा युवाका क्षेत्रमा काम गर्नका लागि ७१ जिल्लामा समितिको अध्यक्ष चयन गरिएको जानकारी दिए । सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला र बझाङ जिल्लामा यसअघि नै अध्यक्षफुर्सदमा

केपी ओलीले जेलमा चाणक्य नीतिबाहेक केही पढेनछन् -प्रचण्ड

फागुन १५ ,काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमा सिद्धान्त, निष्ठा र इमानदरिताको क्षमता नभएको बताएका छन् । नेकपाको दाहाल-नेपाल समूहसँग सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलामा दाहालले प्रधानमन्त्री ओलीले राजनीतिमा निष्ठा देखाउन नसकेको बताएका हुन् । नेकपाको दाहाल र माधवकुमार नेपाल समूहमा लागेका नेता र कार्यकर्ताहरूलाई एक-अर्काविरुद्ध लगाउने प्रयास गरिएकोले त्यस्तो शंकामा नरहन अध्यक्ष दाहालको आग्रह थियो । ‘पूर्व एमालेमा माओवादी नै भइयो कि क्या हो ! प्रचण्डकैफुर्सदमा

‘बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै’ – माधव नेपाल

फागुन १५,काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित नेकपा दाहाल–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताएका छन् । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै माग्नुभएको उल्लेख गर्दै अहिले फेरी ओलीलाईफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

वार्तापछि नवलपुरबाट पहिलो पटक सार्वजनिक भए विप्लव

कुवेतमा आइतबार देखि लागु हुने गरि साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी

सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै

बिजनेष

‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस