तपाईं अहिले नेपाली खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न

परदेशी खबर/ २४ जुलाई , कुवेत। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन २३ जुलाई शुक्रबारको दिन राणाद्वाज लामा अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ। कॊभिड महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल माध्यमबाट भएको महाधिवेशन निवर्तवान अध्यक्ष सुजन केसीको सभापतित्वमा नेपाली दूतावास कुवेतका राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा,केन्द्रिय अध्यक्ष कुमार पन्त,केन्द्रिय उपाध्यक्ष बद्रि केसी, केन्द्रिय महासिव हेमराज शर्मा, आईसीसी सदस्य यस्मीन वेगम,केन्द्रिय प्रवक्ताफुर्सदमा

ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)

साउन ८ , काठमाडौं । ३२औं संस्करणको ओलम्पिकको जापानमा औपचारिक उद्घाटन गरिएको छ । कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।शुरुमा सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार प्रदान गरिएको समयदेखिको भिडियो देखाइएको थियो । त्यसपछि ओलम्पिक स्टेडियममा आतिशबाजी गरियो ।   त्यसपछि जापानी एम्पेरर नारुहितो रफुर्सदमा

बिज्ञानको एउटा कुरुप परिणाम – अनुवादक युवक राई

  १९४५ मा अमेरिकाले जापानको नागशाकी र हिरोशिमामा एटम बम प्रहार गरेको थियो। यस आक्रमणमा कुल अढाई लाख मानिसको मृत्यु भएकाे थियाे। जसमा अधिकांस गैर सैनिक निर्दोष नागरिकहरु थिए। अमेरिकी सेनाले एटम बमको असरलाई अभिलेखीकरण गर्न एक जना फोटोग्राफर लाई ति सहरहरुमा पठाएको थियो। फोटोग्राफर जो ओ’ डोनेलले हिरोशिमा र नागशाकीमा ७ महिना सम्म बसेर एटम बमले ल्याएको त्राशदी र मृत्युको भयानक दृशहरुको असंख्य फोटोहरु खिचे। ति फोटो मध्ये एउटाफुर्सदमा

एनआरएनए कुवेतको सातौँ महाधिवेशन भर्चुवल माध्यामबाट २३ जुलाई शुक्रबार हुँदै

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन २३ जुलाई २०२१ का दिन वेवानार मार्फत हुने भएको छ। कॊभिड महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल मार्फत गर्न लागिएको हो। २०२१ – २०२३ को कार्यकालको लागि नेतृत्व चयनमा निर्विरोध रुपमा अध्यक्ष राणाद्वाज लामा र महासचिवमा निवर्तमान महासचिव रहेका मानबहादुर पाख्रीन निर्विरोध रुपमा चयन भएको छ। मध्य पूर्वी देश कुवेतको आइसीसी सदस्यमा पहिलो पल्ट दुइ जना चयनफुर्सदमा

साउदी अरेबियाको दमाममा राहदानी आवेदन संकलन अस्थायी शिविर सञ्चालन गर्दै (विस्तृत जानकारी सहित)

पादेशी खबर/ २२ जुलाई। नेपाली राजदूतावास रहेको शहर(रियाद) भन्दा टाढा अहेको सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्य अनुरुप नेपाली राजदूतावास साउदी अरेबियाले दमाममा राहदानी आवेदन संकलन अस्थायी शिविर सञ्चालन गर्ने भएको छ। यसअघि साउदी अरबका विभिन्न शहरमा राहदानी आवेदन संकलन अस्थायी शिविर सञ्चालन गरिसकेको छ । यसै सिलसिलामा देहायको मिति, स्थान र समयमा दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी शिविर सञ्चालन गरिने जानकारी नेपाली राजदूतावास जनाएकोफुर्सदमा

ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

साउन ७, काठमाण्डौ। नेपालको केन्द्रीय ब्याङ्कसहित विभिन्न ब्याङ्किङ प्रणाली ह्याक गरेर ठूलो हानि पुर्‍याउने बेहोराको एउटा सन्देश सामाजिक सञ्जालमा भाइरल भएपछि “आफूहरूले उच्च साइबर सुरक्षा सतर्कता अपनाएको” वित्तीय अधिकारीहरूले बताएका छन्। नेपाल राष्ट्र ब्याङ्कका अधिकारीका अनुसार उक्त सन्देशबारे सबै वित्तीय संस्थालाई जानकारी गराएर आफ्नो प्रणाली चुस्त राख्न निर्देशन दिइएको छ। नेपाल प्रहरीका प्रवक्ताले “उक्त घटनाबारे साइबर ब्यूरोले राष्ट्र ब्याङ्कसँगको समन्वयमा काम गरिरहेको जानकारी दिएका छन्। एक साइबर सुरक्षाविज्ञका अनुसार योफुर्सदमा

यातायात व्यवसायीको आन्दोलनले उपत्यकामा ट्राफिक व्यवस्थापन अस्त–व्यस्त

साउन ७,काठमाडौं /आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले गाडीसहित निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्त–व्यस्त भएको छ । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै उनीहरुले चक्रपथमा र्‍याली निकालेका छन् । र्‍यालीका कारण कोटेश्वरदेखि सानेपासम्म नै जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका भित्रि सडकमा भने जाम छैन । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् । विभिन्न सात बुँदे माग अघि सारेका छन् ।फुर्सदमा

पछिल्लो २४ घण्टामा १,५९५ निको हुँदा ३,१०८ कोरोना संक्रमित थपिए

साउन ५,काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ३१ सय बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षणबाट ३१ सय ८ संक्रमित थपिएको जानकारी दिएको छ । परीक्षणको २३ दशमलव ६७ प्रतिशतमा संक्रमण देखिएको हो । जसमा पीसीआरबाट मात्रै २२ सय २ जना थपिएका हुन् । काठमाडौं उपत्यकामा संक्रमित ह्वात्तै बढेका छन् । मंगलबार काठमाडौंमा ५३१, ललितपुरमा १४७ तथा भक्तपुरमा ४१ जना थपिएकाफुर्सदमा

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक भोलि फेरि बस्ने गरी सकियो

साउन ५, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलि फेरि बस्ने गरी सकिएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनदेखि जारी बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानको निम्ति गठित कार्यदलका संयोजक सुवास नेम्वाङले पार्टी एकताका निम्ति गरिएका प्रयासबारे जानकारी दिएको जानकारी दिए। बैठकले १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगबाट कार्यान्वयन गर्ने उनले जानकारी दिए। यद्यपि कार्यदल भने विघटन भइसकेको छ। यस्तै बैठकमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको रिपोर्टबारे जानकारी लिएकोफुर्सदमा

साउन ३१ गतेबाट कक्षा १२ को परीक्षा

साउन ५,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् । भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ । परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माकाफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

बिजनेष

ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस