तपाईं अहिले अन्तर्राष्ट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

भुटान र चीन बीच सीमा विवाद अन्त्य गर्ने रोडम्यापमा हस्ताक्षर, भारतको ‘नोटिस’

असोज २९,काठमाण्डाै – चीन र भुटानबीच सीमा विवाद समाधानको लागि एक रोडम्यापमा हस्ताक्षर भएको छ । हिजो भएको भर्चअुल वार्तामा चिनियाँ उप–विदेशमन्त्री वु जिआङ्गाओ र भुटानका विदेशमन्त्री ताँडी दोर्जेले सीमा विवाद समाधान गर्ने रोडम्यापमा सहमति जुटाएको बीबीसीले जनाएको छ । दुई देशबीचको सीमा विवाद समाधान गर्न बनेको रोडम्याप निकै महत्त्वपूर्ण रहेको खबरमा उल्लेख छ । सन् २०१७ मा डोकलम क्षेत्रमा भएको विवादको पाँच वर्षपछि बल्ल भुटान र चीनबीच वार्ता भएकोफुर्सदमा

आम चुनावका लागि जापानमा प्रतिनिधि सभा विघटन

असोज २८,काठमाण्डाै । जापानका प्रधानमन्त्रीले आगामी आम चुनावका लागि यहाँको संसद्को तल्लो सदन, प्रतिनिधि सभा विघटन गर्नुभएको छ । जापानी अधिकारीहरूले याे कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले आज बिहीवार बसेको संसद्को बैठकलगत्तै संसद् विघटन भएको बताएका हुन् । यहाँ आउँदाे अक्टोबर ३१ तारिखमा संसदीय चुनाव हुने भएको छ । यहाँको प्रतिनिधि सभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा चुनावकाे तयारी थालिएको छफुर्सदमा

जापानको आगामी प्रधानमन्त्री फुमिओ किशिडा बन्ने निश्चित

असोज १३, काठमाडौं । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत छ । ६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा खोपमन्त्री तारो कोनोलाई पराजित गरेका हुन् । दुई चरणमा सम्पन्न भएको निर्वाचनमा किशिडाले २५७ भोट पाएका थिएफुर्सदमा

कोरोनाको उत्पत्तिबारे विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्ने

असोज ११, काठमाडौ ।विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दैछ। उक्त रेपोर्टअनुसार कोभिड–१९ को उत्पत्ति बारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अप्रयाप्त छ। रिपोर्ट मा भनिएको छ (वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू रफुर्सदमा

तालिबान फुट, सह–संस्थापक मुल्ला गनी बरादरले काबुल छाडे

भदौ ३०, काठमाडौ । तालिबानको अन्तरिम सरकारमा विभाजन भएको छ। तालिबानका एक वरिष्ठ अधिकारीले संगठनमा फुट देखिएको उल्लेख गरेका छन् । तालिबानका एक वरिष्ठ अधिकारीले अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई जनाए अनुसारतालिबान सह(संस्थापक मुल्ला घनी बरादार र राष्ट्रपति भवनमा एक क्याबिनेट सदस्यको समूहबीच झगडा भएको थियो। मुल्ला बरादर हालैका दिनहरुमा सार्वजनिकमा देखिएको छैन। यस विषयमा तालिबान अधिकारीहरुले भने आधिकारिक रुपमा अस्वीकार गरेका छन् । तालिबानले गत महिना अफगानिस्तानको नियन्त्रण लिएको थियो र अफगानिस्तानलाईफुर्सदमा

तालिबानको नयाँ नियम : छात्र र छात्रा सँगै बस्न नपाउने

काठमाण्डौ– अफगानिस्तानको सत्ता सम्हालेको तालिबानले छात्राहरुका लागि नयाँ नियम बनाएकोछ । यसअघि महिलाहरुको अधिकार र समानताका लागि प्रतिबद्धता जनाएको तालिबानलेविद्यालयमा छात्राहरुलाई छात्रहरुसँग बस्न नपाउने नियम बनाएको छ । उच्च शिक्षा मन्त्र अब्दुल बकी हक्कानीले महिलालाई अध्ययनका लागि अनुमति दिने तर पुरुषसँगबस्न नपाउने बताउनु भएको छ । उहाँले विद्यार्थीले पढ्ने विषयको समेत समीक्षा गरिने बताउनु भएकोछ  । यस्तै, उच्च शिक्षा लिने महिला विद्यार्थीका लागि इस्लामी पोसाक अनिवार्य गरिएको छ । महिलाफुर्सदमा

तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा, नेता अखुन्दले नेतृत्व सम्हाल्ने

काठमाण्डौ– तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । काबुल नियन्त्रण गरेकोझण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो । अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नुहुनेछ । त्यस्तै उप–प्रधानमन्त्रीअब्दुल गनी बरादर रहने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको छ ।बरादर विगतमा अमेरिकासँग दोहामा भएको शान्ति वार्तामा सहभागी हुनुहुन्थ्याे । निमित्त आन्तरिक मामिलामन्त्री सराजुद्दिन हक्कानी, निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्तविदेशमन्त्री आमिर खान हुने र अरु बाँकी मन्त्रीफुर्सदमा

नरेन्द्र मोदीविरुद्ध कृषकहरु सडकमा

भदौ २१, काठमाडौ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले ल्याएको नयाँ कृषि नीतिको विरोध भएको छ । उत्तर प्रदेशका झण्डै पाँच लाख कृषकले सडकमा उत्रेर उक्त नीतिको विरोध गरेको हो । सरकारले ल्याएको नयाँ कृषिसम्बन्धि नियमले कृषकले आफ्ना उत्पादन बिक्री गर्न सहज पर्ने र स्वतन्त्रता प्रदान गर्ने दावी गरे पनि यसले साना किसानलाई भने कर्पाेरेशनको पहुचमा पुग्न कलठिनाई हुने बताइएको छ । कृषकहरुले यस्तो विवादित नीति फिर्ता गर्न भन्दै सरकारसँगफुर्सदमा

अमेरिकामा समुद्री आँधी र बाढीमा परी ४१ जनाको मृत्यु

१८ भदौ, काठमाडौं । अमेरिकामा आएको बाढी र आँधीबेहरीमा परी ४१ जनाको मृत्यु भएको छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिकलगानी आवश्यक रहेको बताएका छन् । जलवायु सम्बन्धी संकटको सामना गर्नु भनेको जीवन रमरणको सवाल भएको बाइडनले बताएका छन् । समुद्री आँधी आइडाको प्रभावका कारण न्यूयोर्क र न्यूजर्सी राज्यमा भारी वर्षा भएको छ । योअस्वाभाविक भएको मौसमविदहरुले बताएका छन् । न्यूजर्सीमा २३ जना, न्यूयोर्कमाफुर्सदमा

अमेरिकी सेनाले दुई दशक पछि अफगानिस्तान छाड्दा तालिबानीले मनाए खुशीयाली

भदौ १५, काठमाडौ । अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो । अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुशीमा बन्दुक पड्काएका छन् । उनीहरुले आकाशमा गोली हानेका हुन् । पछिल्ला केही साता अमेरिकी सैनिकहरुको उपस्थिति काबुल विमानस्थलमा मात्रै थियो । सोमबार अमेरिकी सेन्ट्रल कमाण्डका मुख जनरल फ्रयाङ्क म्याकेन्जीले सेना फर्किएको आधिकारीक धारणा दिएफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

एमालेको ८८ पृष्ठ लामो विधान (पूर्णपाठसहित)

अल्मुताइरिको बाँकी रहेको धन्यवाद कुवेतमा रहेका नेपालीले फर्काउनु पर्छ

कोरोना महामारी पछि कुवेत पूर्ण रुपमा खुल्दै

बिजनेष

असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस