काठमाडौँबाट घुम्न घान्द्रुक गएका नेपाली पर्यटक चढेको जीप मोदीखोलामा दुर्घटना

असोज २५, काठमाडौ । कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जीप मोदीखोलामा खस्दा चालकसहित ८ जनाको ज्यान गुमेको छ। घटनामा ज्यान गुमाउने सबै काठमाडौँबाट गएका स्वदेशी पर्यटकहरुको टोली रहेको स्थानीयले पुष्टि गरेका छन्।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार उनीहरु काठमाडौंबाट आएको र नयाँपुलबाट जीप रिजर्भ गरेर घान्द्रुकतर्फ गएका थिए।

जीपमा सवार ८ जनामध्ये एक जना युवती भने भीरमा अड्केर बाँचेको प्रहरीले जानकारी दिएको छ। जीप सडकभन्दा २ सय मिटर तल मोदीखोलामा खसेको थियो।

उनीहरु घान्द्रुक नजिकै हुदु भन्ने ठाउँमा दुर्घटनामा परेका थिए।

काठमाडौँबाट सोमबार नै नयाँपुल पुगेका स्वदेशी पर्यटकहरु नयाँपुलबाट घान्द्रुकतर्फ हिँडेको केहीबेरमै दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

घटनामा ज्यान गुमेकाहरुको सनाखतको प्रक्रिया सुरु भएको प्रहरीले जानकारी दिएको छ।






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस