कुवेत आउन सेटिङ नमिलेपछि नेपाली महिलाहरु दुबईमै रोकिन थाले

असोज २५, काठमाडौ । वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुराउने योजनामा लगिएका दर्जनौं नेपाली युवती खाडी क्षेत्रको अर्को मुलुक यूएईमा रोकिएका छन् । मानव तस्करहरुले महिलालाई घरेलु कामदारको हैसियतले कुवेतमा रोजगारी दिलाउने प्रलोभनमा यूएई पु¥याएका हुन् । खासगरी कुवेत पठाउने भन्दै दुवई ल्याइएका महिलाहरु सेटिंग भत्किए पछि यहिं अलपत्र पर्न थालेका हुन् ।

खाडी मुलुकमा घरेलु काममा अत्यधिक शोषणा रहेको भन्दै संसदीय समितिको सिफारिसमा सरकारले २०७२ साल चैतदेखि प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता सरकारले घरेलु कामको वर्गमा जाने कामदारलाई श्रम स्वीकृति जारी गरेको छैन ।

तर, कुवेत लगायतका देशमा घरेलु कामदारको माग अत्यधिक बढेपछि मानव तस्करीमा सम्लग्न गिरोहले नेपाली महिला कामदारहरूलाई व्यक्तिगत श्रम स्वीकृति र भिजिट भिसामा अवैधानिक रूपमा तेस्रो मुलुक हुँदै यूएईका विभित्र शहरमा लैजाने गरेकोे बताइएको छ ।हाल यूएईमा थुप्रिएका महिलाहरलाई पनि भिजिट भिसा र तेस्रो मुलुकका विमानस्थल हुदै लगिएको बुझिएको छ ।

पछिल्ला दिनमा खाडीलगायतका मुलुकमा लगिएका महिलाको संख्या बढ्दै गएको यूएईमा कार्यरत नेपालीका संस्थाका प्रतिनिधिहरूले बताएका छन् ।

विगतमा मानव तस्करीमा संलग्न गिरोहले श्रीलंका हुँदै लैजाने गरेकोमा पछिल्लोपटक भिजिट भिसामा सिधै या थाईल्याण्ड लगायतका देशहुदै यूएई पुराउने गरेको श्रोतको भनाइ छ ।

कोरोना भाइरस विरूद्धको खोप लगाउनेको संख्या बढी महामारीको संक्रमण नियन्त्रणमा आएपछि यूएईले नेपाल सहित विभिन्न देशका नागरिक माथि लगाएको यात्रा प्रतिवन्ध हटाएको छ । यात्रामा सहजता आएपछि नेपाली महिलालाई अवैधानिक रूपझलैजाने क्रममा तीव्रता आएको र त्यसमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका केही कर्मचारी, एयरलाइन्स र ट्राभल एजेन्सीका कर्मचारीले सेटिङ गरेर पठाउने गरेकोे बताइएको छ ।

पछिल्लो समय घरेलु कामदारको नाममा महिलासँगै पुरुष कामदारको पनि तस्करी भइरहेको श्रोतले बतायो । खाडीका कुवेत र साउदी अरबमा घरेलु कामदारको माग उच्च रहेको छ । कुवेतका ८७ प्रतिशत घरमा विदेशी घरेलु कामदारको उपस्थिति देखिएको छ ।

स्थानीय समाचार पत्रहरूका अनुसार कुवेतमा मात्र ७ लाख ३२ हजार विदेशी नागरिक घरेलु कामदारको रोजगारीमा छन् । साउदीमा त्यसभन्दा बढीको माग रहेको छ । तर कोरोना महामारीको कारणले विदेशबाट कामदारको आपूर्तिमा अवरोध सिर्जना भएको छ ।

दलाल तथा मानव तस्करीमा सम्लग्न गिरोहले नेपाली महिला र किशोरीलाई यूएईमा ल्याएर यहा‘बाट कुवेत, किर्गिस्तान, इराक, ओमान लगायतका देशमा पठाएको प्रहरीले बताउदै आएको छ ।

मानव वेचविखन मुद्दामा पक्राउ परेका अभियुक्तहरूले बयानका क्रममा यूएईमा पुर्‍याएपछि कुवेत लगायतका देशमा उनीहरूको फोटो पठाउने र आकर्षक जिउढाल भएका महिलाहरूको लागि दस लाख रूपैयाँ सम्म खर्च गर्ने गरेको बताईएको छ । यस समाचार सुदेन भुजेलद्वारा मध्यान्ह अनलाइनमा लेखिएको छ ।






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस