आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कुवेतमा दुर्घटनापरी मृत्यु भएको गुरुङ परिवार लाई आर्थिक सहयोग

परदेशी खबर २४ आश्विन २०७८, आईतवार १३:०१ मा प्रकाशित ( २ साल अघि) ४१६ पाठक संख्या

परदेशी खबर/ १० अक्टोबर ।रोजगारिको सिलसिलामा कुवेत लाई कर्मथलो बनाउँदै आएका आउनु भएका नेपाल घर मादी गाँउपालिका वडा नं-१ खिलङ कास्कीका ४१ वर्षया जंग बहादुर गुरुङको केही महिना पहिले सवारी दुर्घटनापरी मृत्यु भएको थियो। मृत्यु जंग बहादुर गुरुङको परिवार लाई आर्थिक सहयोग गरेकोे छ।

जंग बहादुर गुरुङको मृत्यु पश्चात उहाँको श्रीमती र बच्चाहरुलाई केहि हद सम्म भए पनि राहत होस भन्ने उदेश्यले समाज सेवी तमू समाज कुबेतका संस्थापक अध्यक्ष अमर गुरुङको संयोजकत्वमा कुवेतबाटआर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो।
उक्त अभियान बाट संकलन रकम कुवेती दिनार (१८६केडी ६३० फिल्स अर्थात नेपाली रुपैया (७२ हजार ७९७ रुपैया मृतकका आफन्त मिना कुमारी गुरुङलाई AL Ansari Exchange मार्फत उक्त सहयोग रकम संयोजक अमर गुरुङले पठाएको थियो।

अगष्ट १९ तारिख बेलुका ८ बजे ड्युटी सकेर कोठामा फर्कने क्रममा कुवेतको अब्दल्ली भन्ने स्थानमा दुर्घटनामा परी गुरुङको निधन भएकाे थियो। मृत्यु गुरुङको २ छोरा, एक छोरी र श्रीमती रहेको छन। अन्तम संयोजक गुरुङ ले सम्पूर्ण सहयोगी मन हरुमा हृदय देखि नै धेरै धेरै धन्यवाद ब्यक्त गर्नु भएको छ।